ताजा समाचार

असार १२ गते २०७६

चट्याङ लागेर ३० को मृत्यु , २७ घाईते

बिहारको कयौँ जिल्लामा भारी बर्षातसंगै परेको चट्याङले ३० जनाको मृत्यु भएको छ भने २७ जना घाईते भएका छन् ।

जसमा सबैभन्दा धेरै मृत्यु बेगूसराय र भागलपुर जिल्लामा भएको हो । पूर्णिया जिल्लामा त एकै परिवारका ३ जनाको समेत एकैपटक चट्याङ लागेर मृत्यु भएको छ ।

यता चट्याङको कारण मानविय क्षति भएपछि मुख्यमन्त्री नीतीश कुमार शोक व्यक्त गर्दै धैर्य धारण गर्न अपिल गरेका छन् ।

उनले प्रत्येक मृतक परिवारलाई ४ ४ लाख दिने समेत घोषणा गरेकाछन् । यसअघि गएको मंगलबार मात्र चट्याङ लागेर नै बिहारमा ११ जनाको मृत्यु भएको थियो ।