ताजा समाचार

असार १३ गते २०७६

शिक्षिकाले आफ्नै विद्यार्थीसंग यौनसम्बन्ध राखेपछि

आफूले पढाउने विद्यार्थीसंग अनुचित सम्बन्ध राख्ने एक शिक्षिकालाई अदालतले सफाई दिएको छ । एक २९ वर्षीया विवाहित शिक्षिकाले १५ वर्षीय छात्रसंग अनुचित सम्बन्ध राखेकी थिइन । तर अदालतले भने शिक्षिकालाई १५ मिनेटमै रिहाको आदेश दियो ।

अष्ट्रेलियाको यो घटनापछि अदालतको आलोचना भएको छ । क्वीन्सल्याण्ड हाईस्कुलमा अध्ययनरत आफ्नै विद्यार्थीसंग सम्बन्ध कायम गर्ने २९ वर्षीया साराह जाँय गआजोलाई अदालतले दोषी ठहर नगरिकन १५ मिनेटमै रिहाको आदेश जिएको थियो ।

अदालतमा बालकले आफ्नो इच्छाले शिक्षिकासंग सम्बन्ध कायम गरेको बताएकाले अदालतले शिक्षिकालाई रिहाको आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । नेशनल आइल्ड सेक्शुअल असाल्ट रिफर्म कमिटीका प्रोफेसर एन्ने कोसिन्सले अन्य राज्यमा १८ वर्षसम्मका व्यक्तिसंग शारीरिक सम्बन्ध बनाउनु गैरकानुनी मानिने बताएका छन् ।

महिलाले आफ्नो छात्रलाई रक्सी पिलाउने र त्यसपछि शारीरिक सम्बन्ध कायम गर्न लगाउने गरेकी थिईन । अहिले शिक्षिका र उनका श्रीमानबीचको सम्बन्धमा समस्या आएको अष्ट्रेलियाका सञ्चार माध्यमले जनाएका छन् ।