लगातारको वर्षपछि भारतको महाराष्ट्रस्थित रत्नागिरिमा रहेको तवरे ताल फुटेको छ। मंगलबार रातभर भएको भारी वर्षापछि बुधबार बिहान ताल फुटेको हो।
ताल फुटरे त्यस आसपासका सात गाउँमा बाढी आएको र बाढीले थुप्रै घरहरु बगाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
बाढीले घरसँगै थुप्रै व्यक्तिलाई बगाएको र अहिलेसम्म ६ जनाको शव भेटिएको छ। त्यस्तै बाढीमा परेर अहिलेसम्म १७ जना बेपत्ता भएको पुष्टि भएको छ भने अन्य थुप्रै व्यक्ति बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको छ।
प्राप्त खबरअनुसार ताल फुटेपछि त्यस आसपासका १२ घर पूर्ण रुपमा बगाएको थियो। ताल फुटेर भएको क्षतिको खबर प्राप्त हुनासाथ जिल्ला प्रशासनले राहत र उद्धार कार्य सुरु गरेको छ।
लगातारको वर्षापछि तालमा पानीको मात्रा बढेको र छेउबाट पानी निस्कन थालेपछि सो ताल फुटेको बताइएको छ।




