ट्रम्पलाई व्यंग्य हान्ने कार्टुनिस्टको जागिर नै चैट

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीहरुप्रति कति कठोर छन् भन्ने कुरा यसअघि नै देखिँदै आएको कुरा हो । आप्रवासीकै कारण अमेरिकामा आतंककारी र हिंसात्मक घटनाहरु हुने गरेको भन्दै उनले आप्रवासी रोक्न धेरै कदमहरु उठाए ।

तथापी सिमा जोडिएका देशबाट आप्रवासी आउँने क्रम रोकिएन । पछिल्लो पटक उनको लागि सबै भन्दा बढि टाउको दुखाई बनेको थियो मेक्सिकोको । जहाँ आप्रवासी रोक्न उनले कठोर भन्दा कठोर निर्णय लिए । अन्तत मेक्सिकोलाई दण्डात्मक कर लगाउँने भएपछि मेक्सिकोले आप्रवासी रोक्न आफनो क्षेत्रबाट कदम चालिरहेको छ ।

यसबीचमा केही दिन अघि मात्र मेक्सिकोबाट अमेरिका छिर्न लागेका दुई बाबु छोरीको नदीमा डुबेर मृत्यु भएपछि त्यस घटनाको निकै आलोचना भयो । जुन तस्बिर पनि विश्वभर निकै भाईरल बनेको थियो ।

उक्त घटनालाई लक्ष्ति गर्दै क्यानडाका कार्टुनिस्टले कार्टुन छोपेपछि उनी समस्यामा परेका छन् । क्यार्टुनिस्ट ममाईकल डी एडरले ट्रम्पको कटाक्ष हाँन्दै सोही घटनालाई लिएर कार्टुन छापेपछि उनले जागिरबाटै हात धुनु परेको छ । सोही कार्टुनको कारण यतिबेला अखबार उनले अन्य कार्टुनहरु प्रकासन गनै छोडेको छ ।

माईकलले छापेको कार्टुनमा लेखिएको म यहाँ गल्फ खेले भने तिमीलाई दुख लाग्दैन रु यता ती दुई बाबु छोरीको मृत्युपछिको तस्बिरले अमेरिकी आप्रवासी नीतिबारे पनि विश्लेषण हुन थालेको छ। सोही बिषयलाई कटाक्ष हान्दै उनले कार्टुन छापेका थिए तर उनको जागिर नै चैट भएको अन्तराष्ट्रि मिडियाले जनाएका छन् ।