भारतमा छत्तीसगढको बगरैल गाउँमा दुई बालकले ६ वर्षका आफ्ना साथीको हत्यागरेका छन् । पाँचदेखि आठ वर्षका दाजुभाइले ६ वर्षका आफ्ना साथी साहिल दासको पेचकसले आँखा फुटाइदिए र बेहोश भएपछि तलाउ फ्याँकिदिएका हुन् ।
आइतवार यो घटना भएको हो । घटना भएको बेलामा तीन अन्य बालकहरू पनि उपस्थित थिए ।बालकहरू खेल्न भनेर घरबाट निस्केका थिए । सबै बालक घर फर्के तर धेरै बेर हुँदा पनि साहिल नआएपछि उनका हजुरबुवाले साहिलका साथीहरूलाई सोधे । बालकहरूले साहिललाई बच्चा चोर्ने मानिसले लगेको बताए ।
त्यसपछि साहिलको परिवारले सोधखोज गर्दै जादाँ उनीहरूले तलाउमा साहिलको लाश देखे अनि प्रहरीलाई सूचना दिए । प्रहरीले घटनाको अनुसन्धान गर्दा घटनाको खुलासा भएको हो । आइतवार साहिल साथीसँग खेल्न गएको थियो । खेलेपछि आँप खाने निहुँमा कुटाकुट गर्दा उनको ज्यान गएको जनाइएको छ ।




