दक्षिण कोरियाले बनाएका होटलहरु भत्काउन किमको आदेश

उत्तर कोरियाका शासक किम जोङले दक्षिण कोरियाले बनाएका होटलहरु भत्काउन आदेश दिएका छन् ।

माउन्ट कुमागाङ भन्ने त्यो ठाउँमा बनाइएका सबै भवन भत्काउन उनले निर्देशन दिएका हुन् । उनले बारम्बार ठूला दुर्घटना हुने ती क्षेत्रमा त्यस्ता भवन बनाउन नहुने बताएका छन् ।

यो ठाउँको यो रिसोर्ट दक्षिण कोरियाले बनाएको हो र यो ठाउँलाई कुनै समय उत्तर र दक्षिण कोरियाको सम्बन्ध हेतु बनाइएको मानिन्थ्यो । उक्त क्षेत्रमा पुगेपछि किमको यो निर्देशन आएको हो ।

यो माउन्ट कुमागाङको रिसोर्ट उत्तर कोरियाको पूर्वी क्षेत्रमा पर्छ । यो सन् १९९० मा दक्षिण कोरियाली कम्पनीले बनाएको थियो । यसलाई कोरियाली प्रायद्विपको सबैभन्दा आकर्षक ठाउँ पनि मानिन्छ ।

यो ठाउँमा पहिले निकै धेरै दक्षिण कोरियालीहरु पुगेका हुन्थे । तर, सन् २००८ मा यो ठाउँमा एक दक्षिण कोरियाली युवती उत्तर कोरियाली सेनाको गोलीका कारण मरेपछि यसलाई बन्द गरिएको थियो । सन् २०११ मा उत्तर कोरियाले यो होटल आफ्नो नियन्त्रणमा लिएको थियो र दक्षिण कोरियाली अधिकारीहरुलाई फिर्ता पठाइदिएको थियो ।

किमले त्यहाँको त्यो भवन भत्काएर आफ्नै देशको अनुसार अर्को भवन बनाउन निर्देशन दिएका हुन् ।