दुईभन्दा बढी बच्चा जन्माए सरकारी जागिर नपाउने

सानो परिवारको मान्यतालाई स्थापित गर्नको लागि भारत सरकारले दुईभन्दा बढी बच्चा जन्माउनेले सरकारी जागिर नपाउने बताएको छ।

भारतस्थित आसामको मन्त्रीमण्डलले गत सोमबार दुईभन्दा बढी बच्चा जन्माउनेहरुले सरकारी जागिर नपाउने निर्णय गरेको हो ।

उक्त कदम चालेको असामका मुख्यमन्त्री सर्वानन्द सोनोवालको जनसम्पर्क इकाइले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । उक्त निर्णय आगामी जनवरी १, २०२१ देखि लागू हुनेछ ।