विश्व

बग्दादीकी दिदी सिरियाबाट पक्राउ

अमेरिकी सेनाको हमलामा मारिएका इस्लामिक स्टेट (आईएस)का पूर्वप्रमुख अबु बक्र अल बग्दादीका दिदी उत्तरी सिरियामा पक्राउ परेका छन् । बग्दादी अघिल्लो साता अमेरिकी सैन्य कारबाहीमा बग्दादी मारिएका थिए । उनका ६५ वर्षीया ददी रस्मिया अवादलाई टर्कीले सिरियाको अजाज शहरबाट पक्राउ गरेको हो । उनी आफ्ना पति र परिवारका अन्य सदस्यहरुसँग थिइन् । टर्कीका अधिकारीहरुले अवादलाई ‘सूचनाको खानी’ भन्दै उनीबाट आइएसबारे धेरै सूचना पाउन सकिने बताएका छन् । पुरा पढौ

कर्मचारीसँग ‘डेटिङ’ जाँदा जागिरबाटै निकालिए

अमेरिकाको विश्व चर्चित फास्ट फुड कम्पनी म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी अधिकृत स्टीभ इस्टरब्रुकलाई कम्पनीले जागिरबाट निष्कासन गरेको छ । कम्पनीको कर्मचारीसँग ‘डेटिङ’ गएपछि इस्टरब्रुकलाई पदबाट निष्कासन गरिएको हो। सिइओ इस्टरब्रुक र महिला कर्मचारीबीचको सम्बन्ध सहमतिमा आधारित भए पनि इस्टरब्रुकले कम्पनीको नीति उल्लङ्घन गरेको र कमजोर निर्णय क्षमता देखाएको कम्पनीले ठहर गरेको छ। कम्पनीले जागिरबाट हटाएसँगै इस्टरब्रुकले ती महिला कर्मचारीसँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार्दै आफूले गल्ती गरेको बताएका छन्। उनले कम्पनीको मूल्यमान्यतालाई… पुरा पढौ

अदालतमै वकिल-प्रहरीबीच झडप, वकिललाई गोली, १० प्रहरी घाइते

भारतको नयाँ दिल्लीस्थित तीस हजारी अदालत परिसरमा शनिबार साँझ वकिल र प्रहरीबीच झडप भएको छ । हिंसात्मक झडपमा परी एक वकिलको टाउकोमा गोली लागेको छ ।  अस्पतालले उनको अवस्था स्थित रहेको बताएको छ । आक्रोशित वकिलहरुले हंगामा गर्दा पुलिस कन्ट्रोल रुमको एक जिप्सी र एक जेल बाहनमा आगो लगाइदिएका छन् ।  घटनामा नर्थका एडिसनल डीएसपीसहति १० पुलिस घाइते भएका छन् । यो घटनापछि वकिलहरुले ४ नम्बरको राजधानीका सबै जिल्ला अदालतमा… पुरा पढौ

बगदादीको मृत्यु भएको पुष्टि, नयाँ उत्तराधिकारीको नाम घोषणा

इस्लामिक स्टेटले आफ्ना नेता अबु बक्र अल–बगदादी मारिएको पुष्टि गर्दै उनको उत्तराधिकारीको नाम घोषणा गरेको छ । इस्लामिक स्टेटले म्यासेजिङ सर्भिस टेलिग्राममार्फत् अबु इब्राहिम अल–हाशमी आफ्नो नयाँ नेता भएको घोषणा गरेको छ । एक अडियो सन्देशमा इस्लामिक स्टेटले आफ्ना प्रवक्ता अबु अल हसन अल मुहाजिर मारिएको पुष्टि पनि गरेको छ । उनको मृत्यु २७ अक्टोबरमा अमेरिकी कुर्दिस बलको एक अपरेशनको क्रममा भएको थियो । अबु हम्जा अल–कुरैशी इस्लामिक स्टेटका नयाँ… पुरा पढौ

रेलमा आगो लाग्दा मर्नेको संख्या ६२ पुग्यो

पाकिस्तानको लियाक्त्पुर सहरमा बिहीबार बिहान एक रेलमा आगलागी हुँदा ६२ भन्दा बढी यात्रुको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार कराचीबाट रावलपिण्डी गइरहेको तेज गाम एक्सप्रेसको रेल लियाक्त्पुरमा पुग्दा तीन वटा डिब्बामा आगो लागेको थियो। आगलागीमा मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन्। कैंयन् मृतकको पहिचान हुन सकेको छैन। आगो लागेका रेलका तीनवटै डिब्बा इकोनोमी क्लासका हुन्। पाकिस्तानी रेलवे मन्त्री शेख रसिदका अनुसार यात्रुहरूले बिहानको… पुरा पढौ

गुडिरहेको रेलमा आगलागी, ४६ को मृत्यु

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको हो । पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएका छन् । लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने आगलागी हुनबाट जोगिएका छन् । घटनामा ४२ घाइते भएकामा उनीहरूको… पुरा पढौ

जम्मू-कश्मीर र लद्दाख छुट्टिए, सम्पत्ति बाँडफाँडमा एक वर्ष लाग्ने

भारतमा जम्मू–कश्मीर र लद्दाख आधिकारिक रुपले अलग अलग केन्द्र शासित दुई प्रदेश बनेका छन् । गत अगस्ट ५ तारिखमा नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले जम्मू–कश्मीर पुनर्गठन बिल ल्याएर जम्मू–कश्मीरलाई दुई केन्द्र शासित प्रदेश बनाएको थियो ।  यो बिल बुधबार मध्यराति (३० अक्टोबर) देखि लागु भएको हो । अब जम्मू–कश्मीरमा विधानसभा हुनेछ । त्यस्तै लद्दाखमा बिना विधानसभा या विधान परिषद केन्द्र शासित राज्य बनेको छ ।  राज्य पुनर्गठन भएपछि जम्मू–कश्मीरमा २०… पुरा पढौ

बंगलादेशका राष्ट्रपति नेपाल आउने

बंगलादेशका राष्ट्रपति एम अब्दुल हमिद नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् । उनी कात्तिक अन्तिम साता नेपाल आउने तयारी भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार हमिदले मंसिर २७ र २८ गते नेपाल भ्रमण गर्नेछन् । उनको भ्रमण कनेक्टिभिटी र उर्जा सहकार्यमा केन्द्रीत हुनेछ । बंगलादेशका राष्ट्रपति आलंकारिक भए पनि भ्रमणमा दुईपक्षीय तथा त्रिपक्षीय सहकार्यका मुद्दामा छलफल हुने ती अधिकारीले बताए । भेटमा सार्कलाई अघि… पुरा पढौ

ट्वीटरले लगायो यस्तो प्रतिबन्ध, मच्चियो हलचल

सामाजिक सञ्जाल ट्वीटरले हलचल मच्याउने गरी निर्णय गरेको छ । ट्वीटरले राजनीतिक विज्ञापनलाई पूर्ण रुपले प्रतिबन्ध लगाउने निर्णय गरेसंगै हलचल मच्चिएको हो । ट्वीटरका सीइओ ज्याक डोर्सीले ट्वीटरलाई राजनीतिक विज्ञापनको माध्यम बन्न नदिने बताएका छन् ।  उनले इन्टरनेटमार्फत गरिने विज्ञापन निकै प्रभावककारी हुने र यो व्यापारका लागि ठीक भए पनि राजनीतिमा यसले ठूलो जोखिम ल्याउने तर्क गर्दै अब यस्तो गर्न नदिने बताएका हुन् ।  विकसित मुलुकहरुले सामाजिक संजाललाई प्रचारप्रसारको मुख्य… पुरा पढौ

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको स्वास्थ्य अवस्था ‘चिन्ताजनक’

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका डाक्टरले उनको स्वास्थ्य अवस्था ‘चिन्ताजनक’ रहेको बताउँदै उनी जीवनका लागि संघर्षरत रहेको जानकारी दिएपछि पाकिस्तानको एक अदालतले सरिफको सजायलाई अस्थायी रुपमा निलम्बन गरेको छ । ६९ वर्षीय शरिफको लाहोरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । भ्रष्टाचारको आरोपमा उनलाई गत वर्ष जेल चलान गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि अदालतले उनलाई अनिश्चितकालिन जमानत दिएको थियो । मङ्गलबार इस्लामाबादको अदालतले उनको सात वर्षको जेल सजायमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं