विश्व

न्युजिल्यान्डमा ज्वालामुखी विस्फोट,सैयौं पर्यटक बेपत्ता

न्युजिल्यान्डको ह्वाइट आइल्यान्डमा ज्वालामुखी विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । स्थानीय समयअनुसार दिउँसको २ बजे ज्वालामुखी विस्फोट भएको स्थान पर्यटकीय गन्तव्य रहेको बताइएको छ। हालसम्म २३ जनाको उद्धार गरिएको छ । ज्वालामूखी विस्फोटका बेला सो टापुमा निकै धेरै पर्यटकहरु पुगेका र सबैको विवरण प्राप्त नभएको न्यूजिल्याण्ड सरकारले जानकारी दिएको छ। पुरा पढौ

कारखानामा आगलागी,कम्तीमा ४० जनाको मृत्यु

भारतको नयाँदिल्लीस्थित एक गोदाममा आगलागी हुँदा कम्तिमा ४० जनाको ज्यान गएको छ । नयाँदिल्लीको रानी झाँसी रोडमा आइतबार बिहान आगलागी भएको हो । भारतीय मिडियाहरुले ४० जनाको शव प्राप्त भएको र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन्। आगलागीको कारण खुलेको छैन । आगो निभाउनका लागि ३० भन्दा बढी दमकल प्रयोग गरि ५० जनाभन्दा बढीको उद्धार गरिसकेको प्रहरीको भनाई छ पुरा पढौ

बलात्कारपछि हत्याका आरोपी इन्काउन्टरमा मारिए

भारतको हैदरावादमा एक भेटनरी डाक्टरलाई बलात्कारपछि शरिरमा आगो लगाउने चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन् । गत हप्ता एक पशु चिकित्सक महिलालाई बलात्कारपछि जलाएर मारेको अभियोगमा पक्राउ परेका मोहम्मद आरिफ, शिवा, नवीन, केशवुलू चार अभियुक्तलाई प्रहरीले गोली हानेको हो। प्रहरीको अनुसन्धानको आरोपीहरुलाई क्राइम सिन रिक्रिएट गर्नका लागि घटना भएको स्थानमा लगेका थिए । अनुसन्धानबीच चारैजना आरोपीहरुले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको भारतीय संचार माध्यमले जनाएको छ । पुरा पढौ

कामुरी आँधीबाट ११ जनाको मृत्यु

फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारण कम्तीमा ११ व्यक्तिको मृत्यु भएको उद्धारकर्मीहरुले बताएका छन् ।गत सोमबार शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका छन् । फिलिपिन्सको मौसम विज्ञान विभाग पागासाका अनुसार स्थानीय समयानुसार बुधबार बिहान ४ बजे कामुरी आँधी दक्षिणपश्चिम समुद्रबाट २० किलोमिटर प्रति घण्टाका दरले दक्षिण चीन सागरतर्फ सरेको छ ।यो शक्तिशाली आँधीबाट राजधानी मनिलामा हुन लागेको दक्षिण पूर्वी एसियाली खेलकूदको आयोजनामा पनि असर परेको… पुरा पढौ

पूर्व राष्ट्रपति यामीनलाई ५ वर्ष कैद फैसला

माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई बिहीबार साँझ ५० लाख अमेरिकी डलर बराबरको जरिवानाका साथै पाँच वर्षको जेल सजाय सुनाइएको स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएका छन् । माल्दिभ्स फौजदारी अदालतका न्यायाधीश अलि रशिदको नेतृत्वमा रहेको पाँच जना न्यायाधीशको इजलासले सो फैसला गरेको हो । होटलको विकासका लागि विभिन्न टापुहरू भाडामा लिने सम्झौता गर्दा निजी कम्पनीमार्फत यामीनले १ लाख अमेरिकी डलर सरकारी रकम प्राप्त गरेको भन्दै दोषी ठहर गरिएको हो ।… पुरा पढौ

२ हेलिकप्टर आपसमा ठोक्किदा १३ सैनिकको मृत्यु

अफ्रिकी मुलुक मालीमा दुई फ्रान्सेली सैनिक हेलिकप्टर एकआपसमा ठोक्किँदा १३ सैनिकको मृत्यु भएको छ । मालीमा जिहाडिस्ट समूहविरूद्धको परिचालित टोलीको हेलिकप्टर सोमबार साँझ दुर्घटना भएको फ्रान्सको राष्ट्रपति कार्यालयले जनाएको छ । फान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । तीन हप्ताअघि सडकमै गस्ती गरिरहेका बेला बम विस्फोटमा परी एक जना सैनिकको मृत्यु भएको थियो । सन् २०१२ देखि हिंसा खेपिरहेको मालीको दक्षिण भाग इस्लामिक आतंकवादीले कब्जा गरेका थिए… पुरा पढौ

थाइल्याण्डमा शत्तिशाली भूकम्प को ढक्का

थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् ।थाइल्याण्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले १०० भन्दा बढी कम्पन भएको जानकारी दिएका छन् । स्थानीय समय अनुसार नोभेम्बर २० तारिख राती ११ बजेसम्ममा १०० पटक पराकम्पन भएको उनले बताए ।महानिर्देशक सोम्साकले ६.४ म्याग्नीच्युडको सवै भन्दा ठूलो भूकम्प स्थानीय समयानुसार बिहीबार विहान ६ः५० बजे गएको… पुरा पढौ

हेलिकोप्टर दुर्घटनामा २ अमेरिकी सेनाको मृत्यु

हेलिकोप्टर दुर्घटनामा परी अफगानिस्तानमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ। बुधबार भएको हेलिकोप्टर दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ। यद्यपी प्रारम्भिक अनुसन्धानबाट शत्रुले आक्रमण गरेको कुनै संकेत देखा नपरेको समाचारमा जनाइएको छ।अमेरिकी रक्षा मन्त्रालयको नितीअनुसार यस समाचारको विस्तृत विवरणलगायत मारिएका व्यक्तिहरुको परिचय भने खुलाइएको छैन्। तर अफगान सरकार र गठबन्धन सेनासँग लडिरहेका तालिबानी लडाकू समूहले पूर्वी लोगर प्रान्तमा भएको यस हेलिकोप्टर दुर्घटना आफूले गोली हानेर गराएको दाबी गरेका छन्। पुरा पढौ

खानी विस्फोटनामा १५ जनाको मृत्यु

चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन् । सोमबार दिउसो खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटना भएको बेला घटनास्लथमा ३५ जना कार्यरत रहेका थिए । अरु ११ जनालाई भने कुनै चोटपटक पनि नलागि बाहिर निकाल्न सफल भएका उद्धारकर्ताहरुको भनाई छ ।… पुरा पढौ

हिमपहिरोमा परेर ६ को मृत्यु

कश्मीरको सियाचिन ग्लेशियरमा हिमपहिरोमा परेर छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना सैनिक र दुईजना भरिया रहेका छन् । आठजना सम्मिलित टोली हिमशृङ्खलाको करिब १९ हजार फिटको उचाइमा गस्ती गर्ने क्रममा हिमपहिरोमा परेका हुन् । पहिरो लगत्तै उनीहरुलाई उद्दार गरिएपनि अत्यधिक चिसोले कठाङ्ग्रिएका कारण उनीहरुको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।कश्मीरको सियाचिन क्षेत्रको सार्वभौमिकतालाई पाकिस्तान र भारत विच विवाद रहेको छ । सो क्षेत्रमा दुबै देशका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं