ताजा समाचार

मंसिर ३ गते २०७६

खानी विस्फोटनामा १५ जनाको मृत्यु

चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन् । सोमबार दिउसो खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

दुर्घटना भएको बेला घटनास्लथमा ३५ जना कार्यरत रहेका थिए । अरु ११ जनालाई भने कुनै चोटपटक पनि नलागि बाहिर निकाल्न सफल भएका उद्धारकर्ताहरुको भनाई छ ।

घाइतेहरुको अवस्था स्थिर रहेको र घटनाका बारेमा अनुसन्धान सुरु गराईसकिएको अधिकारीहरुले जानकारी दिएका छन् । (रासस÷एएफपी)