हिमपहिरोमा परेर ६ को मृत्यु


कश्मीरको सियाचिन ग्लेशियरमा हिमपहिरोमा परेर छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना सैनिक र दुईजना भरिया रहेका छन् । आठजना सम्मिलित टोली हिमशृङ्खलाको करिब १९ हजार फिटको उचाइमा गस्ती गर्ने क्रममा हिमपहिरोमा परेका हुन् ।

पहिरो लगत्तै उनीहरुलाई उद्दार गरिएपनि अत्यधिक चिसोले कठाङ्ग्रिएका कारण उनीहरुको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।कश्मीरको सियाचिन क्षेत्रको सार्वभौमिकतालाई पाकिस्तान र भारत विच विवाद रहेको छ ।

सो क्षेत्रमा दुबै देशका सेनाले गस्ती गर्दै आएका छन । उक्त क्षेत्र संसारकै उच्च भागमा रहेको युद्धक्षेत्रको रूपमा परिचित छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं