बलात्कारपछि हत्याका आरोपी इन्काउन्टरमा मारिए

भारतको हैदरावादमा एक भेटनरी डाक्टरलाई बलात्कारपछि शरिरमा आगो लगाउने चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

गत हप्ता एक पशु चिकित्सक महिलालाई बलात्कारपछि जलाएर मारेको अभियोगमा पक्राउ परेका मोहम्मद आरिफ, शिवा, नवीन, केशवुलू चार अभियुक्तलाई प्रहरीले गोली हानेको हो।

प्रहरीको अनुसन्धानको आरोपीहरुलाई क्राइम सिन रिक्रिएट गर्नका लागि घटना भएको स्थानमा लगेका थिए । अनुसन्धानबीच चारैजना आरोपीहरुले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको भारतीय संचार माध्यमले जनाएको छ ।