न्युजिल्यान्डको ह्वाइट आइल्यान्डमा ज्वालामुखी विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
स्थानीय समयअनुसार दिउँसको २ बजे ज्वालामुखी विस्फोट भएको स्थान पर्यटकीय गन्तव्य रहेको बताइएको छ। हालसम्म २३ जनाको उद्धार गरिएको छ ।
ज्वालामूखी विस्फोटका बेला सो टापुमा निकै धेरै पर्यटकहरु पुगेका र सबैको विवरण प्राप्त नभएको न्यूजिल्याण्ड सरकारले जानकारी दिएको छ।




