ताजा समाचार

मंसिर १० गते २०७६

२ हेलिकप्टर आपसमा ठोक्किदा १३ सैनिकको मृत्यु

अफ्रिकी मुलुक मालीमा दुई फ्रान्सेली सैनिक हेलिकप्टर एकआपसमा ठोक्किँदा १३ सैनिकको मृत्यु भएको छ ।

मालीमा जिहाडिस्ट समूहविरूद्धको परिचालित टोलीको हेलिकप्टर सोमबार साँझ दुर्घटना भएको फ्रान्सको राष्ट्रपति कार्यालयले जनाएको छ ।

फान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । तीन हप्ताअघि सडकमै गस्ती गरिरहेका बेला बम विस्फोटमा परी एक जना सैनिकको मृत्यु भएको थियो ।

सन् २०१२ देखि हिंसा खेपिरहेको मालीको दक्षिण भाग इस्लामिक आतंकवादीले कब्जा गरेका थिए । पछि फ्रान्सेली सेनाको सहयोगमा मालीले आफ्नो भूभाग फिर्ता पाएको थियो ।