कारखानामा आगलागी,कम्तीमा ४० जनाको मृत्यु

भारतको नयाँदिल्लीस्थित एक गोदाममा आगलागी हुँदा कम्तिमा ४० जनाको ज्यान गएको छ ।

नयाँदिल्लीको रानी झाँसी रोडमा आइतबार बिहान आगलागी भएको हो । भारतीय मिडियाहरुले ४० जनाको शव प्राप्त भएको र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन्।

आगलागीको कारण खुलेको छैन । आगो निभाउनका लागि ३० भन्दा बढी दमकल प्रयोग गरि ५० जनाभन्दा बढीको उद्धार गरिसकेको प्रहरीको भनाई छ