विश्व

विरोध प्रदर्शनमा उत्रिएका इतिहासकार गुहा पक्राउ

नागरिकता कानुनको विरोधमा भारतमा व्यापक प्रदर्शन भइरहेका छन्। राजधानी दिल्लीसहित देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको बेला बिहीबार बैंगलोरमा प्रदर्शनमा सहभागी हुन पुगेका भारतका चर्चित इतिहासविद रामचन्द्र गुहालाई प्रहरीले पक्राउ गरेको छ। प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका उनलाई पत्रकारहरुसँग कुराकानी गरिरहेका बेला प्रहरीले पक्राउ गरेको थियो ।यसअघि रामचन्द्र गुहाले नागरिकता संशोधन कानुनको कडा शब्दमा विरोध गरेका थिए। भारतका विभिन्न शहरमा केही दिनदेखि नागरिकता संशोधन विद्येयक खारेजीको माग सहित प्रदर्शन भइरहेको छ ।… पुरा पढौ

अष्ट्रेलियामा संकटकालको घोषणा, यस्तो छ कारण

अष्ट्रेलियाको न्यू साउथ वेल्समा संकटकालको घोषणा गरिएको छ । डढेलोका कारण त्यहाँको तापक्रम थप बढ्ने सक्ने भन्दै संकटकालको घोषणा गरिएको हो । अष्ट्रेलियाको औसत उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सियस पुगेपछि मंगलबार इतिहासकै सबैभन्दा तातो दिन बनेको मौसमविद्हरुले बताएका छन् । मौसम विभागले मंगलबारको तापक्रम यसअघि सन् २०१३ को जनवरी ७ मा मापन गरिएको ४०.३ डिग्री सेल्सियसभन्दा बढी भएको बताएका छन् । तर मौसमविद्ले यो रेकर्ड पनि बिहिबार र अर्को हप्ताको… पुरा पढौ

ट्रम्पको पहिलो टिप्पणीः ‘वाह, वाह’

तल्लो सदनमा महाभियोग प्रस्ताव पारित भएका बेला अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प मिचिगनमा आयोजित एक र्‍यालीलाई सम्बोधन गरिरहेका थिए ।  र्‍यालीलाई सम्बोधन गर्ने क्रममा उनी एकाएक रोकिए र मतगणनाको नतिजा हेर्दै भने, ‘ओ, मलाई लाग्छ मतदान भइसकेको छ । त्यसो भए हामीलाई प्रत्येक रिपब्लिकनले भोट दिए । वाह ।' ‘वाह, वाह । करिब २ सय । त्यसो भए हाम्रो १९८, २२९ भयो । हामीले एउटा रिपब्लिकन भोट गुमाएनौं र तीन डेमोक्रेट्सले… पुरा पढौ

ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित, अब के हुन्छ ?

अधिकार दुरुपयोग गरेबापत् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित भएको छ । ट्रम्पमाथि तल्लो सदनको १ सय ४८ विरुद्ध २ सय ११ भोटले महाभियोग प्रस्ताव पारित भएको हो । तल्लो सदनबाट महाभियोगमा पर्ने डोनल्ड ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुन्। राष्ट्रपति ट्रम्पले त्यसपछि माथिल्लो सदन सिनेटको अर्को महिना सामना गर्नुपर्नेछ । ट्रम्पले यसअघि ट्वीटरमा आफूले केही पनि नराम्रो नगरेको बताएका छन् । स्थानीय समय अनुसार बुधवार दिउँसो तल्लो सदनका सदस्यहरूले… पुरा पढौ

उपराष्ट्रपतिकी श्रीमती पक्राउ

मुद्रा अपचलन गरेको आरोपमा जिम्बावेका उपराष्ट्रपतिकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेंगाकी पत्नीलाई पक्राउ गरिएको जिम्बावेका भ्रष्टाचारविरुद्धको आयोगका एकजना अधिकारीले सोमबार पुष्टि गरेका छन् । आयोगका प्रवक्ता जोन माकामुरेले ३८ वर्षीया म्यारी मुबैवालाई शनिबार नै पक्राउ गरिएको जानकारी दिएका छन् । मबैवालाई सार्वजनिक कोषको रकमलाई आफ्नो बनाएको सम्बन्धी ६ वटा, मुद्रा अपचलनसम्बन्धी पाँचवटा र जालसाझीसम्बन्धी एउटा मुद्दा पनि लगाइएको उनले जानकरी दिएका छन् । सरकारले केही समय… पुरा पढौ

चीनको कोइला खानीमा विस्फोट हुँदा १४ को मृत्यु

चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मङ्गलबार भएको विस्फोटनमा परी १४ जनाको मृत्यु भएको छ । खानीमा रहेको ग्यास विस्फोटनपछि उक्त घटना भएको जनाइएको छ । मङ्गलबार बिहानको समयमा भएको यस विस्फोटमा अन्य दुई जना बेपत्ता भएकाले दुई व्यक्तिको खोजी भइरहेको स्थानीय अधिकारीहरुको जनाएका छन् । घटनास्थलबाट अरु सात जनालाई भने जिवितै उद्धार गरिएको छ । पर्याप्त र उचित सुरक्षाको व्यवस्था नगरिएकाले… पुरा पढौ

पाकिस्तानी पूर्वसैन्यशासक मुशर्रफलाई मृत्युदण्डको फैसला

पाकिस्तानको विशेष अदालतले पूर्व सैन्यशासक जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको फैसला सुनाएको छ । मंगलबार लाहोर उच्च अदालते मुर्सरफलाई देशद्रोहीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ । मुर्सरफ अहिले दुबईमा उपचार गराइरहेका छन् । पुरा पढौ

विश्वकै कान्छी प्रधानमन्त्रीलाई किन भनियो ‘सेल्स गर्ल’ ?

इस्टोनियाका राष्ट्रपतिले आफ्नो देशका आन्तरिक मामिला सम्बन्धी मन्त्रीले विश्वकै सबैभन्दा कान्छी ३४ वर्षीया फिनल्याण्डकी प्रधानमन्त्रीलाई ‘अ सेल्स गर्ल’ भनेकोमा माफी मागेका छन् । राष्ट्रपति केस्टी काल्जुलेडले एक्रे पार्टीका ७० वर्षीय नेता मार्ट हेल्मेको सो भनाइबाट आफू लज्जित भएको जनाएकी छन् । फिनल्याण्डका प्रधानमन्त्री सान्ना मारिन यही डिसेम्बर १० का दिन ३४ वर्षको उमेरमा प्रधानमन्त्री भएकी हुन् । मन्त्री हेल्मेले आफ्नो विवादस्पद भनाई रेडियो टक शोका क्रममा राखेका थिए । ‘हामीले… पुरा पढौ

पोर्चुगलमा पोखराका थापासहित तीन नेपालीको निधन

पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ । थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स–परिवार पोर्चुगल बस्दै आएका थिए । उनलाई मधुमेह र उक्त रक्तचापको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । थापाको अन्तिम दाहसंस्कार पोर्चुगलमै गरिने एनआरएनए पोर्चुगलका सचिव यमेन्द्र घर्तीमगरले बताए । यसैगरी डिसेम्बर ८ का दिन नुवाकोटका ४१ वर्षीय… पुरा पढौ

‘इमरान खानको सरकार हिन्दूका लागि सबैभन्दा बढी अत्याचारी’

पाकिस्तानमा हिन्दूहरुमाथि सबैन्दा बढी अत्याचार हुने गरेको खुलासा भएको छ । संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार पाकिस्तानी इमरान खान नेतृत्वको सरकारले अल्पसंख्यक हिन्दूहरुमाथि अत्याचार गरिरहेको खुलेको हो ।  राष्ट्रसंघको रिपोर्ट अुनसार पाकिस्तानमा हिन्दूसमेत सबै अल्पसंख्यक समुदायका मानिसहरुको अवस्था निकै दर्दनाक छ । उनीहरुमाथि खान सरकारले निरन्तर प्रताडित गरिरहने जनाइएको छ ।  रिपोर्ट पाकिस्तानमा धार्मिक स्वतन्त्रतालाई लिएर ४७ पानामा समेटिएको छ । इमरानको सरकार अल्पसंख्यकको हितको रक्षा गर्नुको सट्टा कट्टरपन्थी विचारलाई बढावा दिइरहेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं