विरोध प्रदर्शनमा उत्रिएका इतिहासकार गुहा पक्राउ

नागरिकता कानुनको विरोधमा भारतमा व्यापक प्रदर्शन भइरहेका छन्।

राजधानी दिल्लीसहित देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको बेला बिहीबार बैंगलोरमा प्रदर्शनमा सहभागी हुन पुगेका भारतका चर्चित इतिहासविद रामचन्द्र गुहालाई प्रहरीले पक्राउ गरेको छ।

प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका उनलाई पत्रकारहरुसँग कुराकानी गरिरहेका बेला प्रहरीले पक्राउ गरेको थियो ।यसअघि रामचन्द्र गुहाले नागरिकता संशोधन कानुनको कडा शब्दमा विरोध गरेका थिए।

भारतका विभिन्न शहरमा केही दिनदेखि नागरिकता संशोधन विद्येयक खारेजीको माग सहित प्रदर्शन भइरहेको छ । भारत सरकारले प्रदर्शन रोक्न केही शहरहरुमा टेलिफोन र इन्टरनेट समेत अवरुद्ध गरिदिएको छ ।