चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मङ्गलबार भएको विस्फोटनमा परी १४ जनाको मृत्यु भएको छ ।
खानीमा रहेको ग्यास विस्फोटनपछि उक्त घटना भएको जनाइएको छ । मङ्गलबार बिहानको समयमा भएको यस विस्फोटमा अन्य दुई जना बेपत्ता भएकाले दुई व्यक्तिको खोजी भइरहेको स्थानीय अधिकारीहरुको जनाएका छन् । घटनास्थलबाट अरु सात जनालाई भने जिवितै उद्धार गरिएको छ ।
पर्याप्त र उचित सुरक्षाको व्यवस्था नगरिएकाले विस्फोटनका घटना हुने गरेकोे हो । गत महिना सान्छीमा रहेको खानीमा भएको विस्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको थियो ।




