ताजा समाचार

मंसिर ४ गते २०७६

हेलिकोप्टर दुर्घटनामा २ अमेरिकी सेनाको मृत्यु

हेलिकोप्टर दुर्घटनामा परी अफगानिस्तानमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ।

बुधबार भएको हेलिकोप्टर दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ। यद्यपी प्रारम्भिक अनुसन्धानबाट शत्रुले आक्रमण गरेको कुनै संकेत देखा नपरेको समाचारमा जनाइएको छ।अमेरिकी रक्षा मन्त्रालयको नितीअनुसार यस समाचारको विस्तृत विवरणलगायत मारिएका व्यक्तिहरुको परिचय भने खुलाइएको छैन्।

तर अफगान सरकार र गठबन्धन सेनासँग लडिरहेका तालिबानी लडाकू समूहले पूर्वी लोगर प्रान्तमा भएको यस हेलिकोप्टर दुर्घटना आफूले गोली हानेर गराएको दाबी गरेका छन्।