अमेरिकी सेनाको हमलामा मारिएका इस्लामिक स्टेट (आईएस)का पूर्वप्रमुख अबु बक्र अल बग्दादीका दिदी उत्तरी सिरियामा पक्राउ परेका छन् ।
बग्दादी अघिल्लो साता अमेरिकी सैन्य कारबाहीमा बग्दादी मारिएका थिए । उनका ६५ वर्षीया ददी रस्मिया अवादलाई टर्कीले सिरियाको अजाज शहरबाट पक्राउ गरेको हो । उनी आफ्ना पति र परिवारका अन्य सदस्यहरुसँग थिइन् ।
टर्कीका अधिकारीहरुले अवादलाई ‘सूचनाको खानी’ भन्दै उनीबाट आइएसबारे धेरै सूचना पाउन सकिने बताएका छन् ।




