विश्व

अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटले सनसनी

संसारभर आतंकको पर्याय बनेका मुस्लिम आतंकवादी संगठन आइसीसका प्रमखु अबु बकर अल वगदादी सिरियामा मारिएका छन्।  सिरिया इराक लगायतका देश हुँदै संसारभर आतंककारी गतिविधी गर्दै आएका वगदादीलाई अमेरिकी सेनाले सिरियामा मारेको हो।  अमेरिकी सेनाको कार्वाहीमा वगदादी मारिएको स्रोतहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय समाचार संस्थाहरुले हुन्। वगदादी इराकबाट आफ्नो आधार क्षेत्र गुमाएपछि भागेर सिरिया पुगेका थिए।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्वीट 'Something very big has just happened' गरि केहि ठूलो घटना भएको जानकारी दिए लगत्तै… पुरा पढौ

सरकार विरोधी आन्दोलनमा ३० को मृत्यु

सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा शुक्रबार कम्तीमा ३० जनाको मृत्यु भएको छ । देशका विभिन्न सहरमा भएको प्रदर्शनमा भएका झडपमा परी अरु २३ सय भन्दा बढी घाइते भएका छन् । सरकारविरुद्ध नारावाजी गर्दै आन्दोलनकारीहरुले विहानैदेखि प्रदर्शनमा हजारौँ सहभागी भएका थिए । उनीहरुले लगातार निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । देशको मुख्य प्रशासनिक कार्यालयहरु रहेको तहरिर स्क्वायरलगायतका क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । दक्षिणी र… पुरा पढौ

दक्षिण कोरियाले बनाएका होटलहरु भत्काउन किमको आदेश

उत्तर कोरियाका शासक किम जोङले दक्षिण कोरियाले बनाएका होटलहरु भत्काउन आदेश दिएका छन् । माउन्ट कुमागाङ भन्ने त्यो ठाउँमा बनाइएका सबै भवन भत्काउन उनले निर्देशन दिएका हुन् । उनले बारम्बार ठूला दुर्घटना हुने ती क्षेत्रमा त्यस्ता भवन बनाउन नहुने बताएका छन् । यो ठाउँको यो रिसोर्ट दक्षिण कोरियाले बनाएको हो र यो ठाउँलाई कुनै समय उत्तर र दक्षिण कोरियाको सम्बन्ध हेतु बनाइएको मानिन्थ्यो । उक्त क्षेत्रमा पुगेपछि किमको यो निर्देशन… पुरा पढौ

लिबियामा मारिए १६ विद्रोही लडाकू

संयुक्तराष्ट्रबाट मान्यताप्राप्त सरकारी फौजको कारबाहीमा दक्षिणी त्रिपोलीमा कम्तीमा १६ जना विद्रोही लडाकू मारिएका छन् । हफ्तार समूहमा आबद्ध ती लडाकूहरुले आफूलाई मुलुकको वैधानिक सेना मान्ने गरेका छन् । सरकारी सेनाले एक विज्ञप्ति प्रकाशन गरी सरकारी सेनाले अल–यारमुक क्षेत्रलाई नियन्त्रणमा लिनुका साथै विद्रोहीका हातहतियार र सवारी साधन कब्जामा लिएको जनाइएको छ । यसैबीच, विद्रोही सेनाले हवाई आक्रमण गरी दक्षिणी त्रिपोलीमा सरकारी सेनाका हातहतियार भण्डारमा ठूलो क्षति पु¥याएको दाबी गरेको छ ।… पुरा पढौ

तालिबान प्रतिनिधिलाई चीनको निम्तो

अफगानिस्तानको घरेलु बिषयको छलफलका लागि तय गरिएको बेइजिङ सम्मेलनमा सहभागी बन्न चीनले तालिबान प्रतिनिधिलाई आग्रह गरेको छ। चीनले मङ्गलबार ‘इन्टरनेशनल इनर्जी एजेन्सी’ (आईईए) को प्रतिनिधिमण्डललाई अफगानिस्तानका राजनीतिक तथा आर्थिक बिषयमा छलफल गर्न निमन्त्रणा गरेको हो। आईईएको नेतृत्व तालिबान नेता मुल्ला बरादार अखुन्दले गर्दे आएका छन्। तालिवान समूहका प्रवक्ता जाविहुल्लाले ट्वीटरमार्फत लेखेका छन्, “अखुन्दको नेतृत्वमा तालिबान आईईएको प्रतिनिधिमण्डलले बेइजिङमा हुने सम्मेलनमा सहभागिता जनाउन चीनले निमन्त्रणा दिएको छ। तालिवानसँगको यो भेट उनीहरूसँग… पुरा पढौ

विमान दुर्घटना : आधा भाग पानीमा, आधा जमिनमा

मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार एउटा सानो विमान दुर्घटनामा परेको छ । यस दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । म्याडेरो शहरको लास जुन्टास समुदायमा भएको यस दुर्घटनाको हताहतको प्रारम्भिक जानकारी प्राप्त भएको तर यसको अझै अनुसन्धान भइरहेको सरकारी वकिलले पत्रकारलाई जानकारी दिएका छन् ।   उक्त विमान दुराङगो राज्यबाट गुरेरो राज्यको एकपुल्को बन्दरगाहमा जाँदै गरेको विश्वास गरिएको मेक्सिकन पत्रिका ‘एल युनिभर्सल’ ले जनाएको… पुरा पढौ

दुईभन्दा बढी बच्चा जन्माए सरकारी जागिर नपाउने

सानो परिवारको मान्यतालाई स्थापित गर्नको लागि भारत सरकारले दुईभन्दा बढी बच्चा जन्माउनेले सरकारी जागिर नपाउने बताएको छ। भारतस्थित आसामको मन्त्रीमण्डलले गत सोमबार दुईभन्दा बढी बच्चा जन्माउनेहरुले सरकारी जागिर नपाउने निर्णय गरेको हो । उक्त कदम चालेको असामका मुख्यमन्त्री सर्वानन्द सोनोवालको जनसम्पर्क इकाइले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । उक्त निर्णय आगामी जनवरी १, २०२१ देखि लागू हुनेछ । पुरा पढौ

१९ वर्षीया छात्रालाई जिउँदै जलाउने १६ जनालाई मृत्युदण्ड

बंगलादेशको अदालतले छात्रालाई जिउँदै आगो लगाउने १६ जनालाई मृत्युदण्डको सजाय तोकेको छ । १९ वर्षीया नुसरत जाहा रफीले प्रधानाध्यापकले आफूमाथि गरेको यौनहिंसाको उजुरी दिएपछि उनलाई विद्यालयभित्रै आगो लगाइएको थियो । करिब ८० प्रतिशत शरीरमा आगोले जलेकी रफीको उपचारका क्रममा अप्रिल १० मा निधन भएको थियो । उनको मृत्युले बंगलादेशका साथै विभिन्न देशमा  तहल्का नै मच्चाएको थियो । यस्ता मुद्दा सुल्झिन वर्षौं लाग्ने यो देशमा नुसरतको मुद्दा निकै छिटो सल्टिएको धेरैले बताएका… पुरा पढौ

तीन अन्तर्राष्ट्रिय एयरलाइन्स नेपाल आउँदै

नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा तीन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल उडान सुरु गर्ने भएका छन् ।  कुवेतको जजिरा एयरवेज तथा भारतका दुई–स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयर नेपालमा आफ्नो सेवा सुरु गर्न इच्छुक देखिएका हुन् । नेपाल नागरिक उड्डयान प्राधिकरणले स्पाइस जेट र जजिरा एयरवेजलाई नेपालमा उडान गर्ने अनुमति दिइसकेको छ । त्यस्तै, भिस्तारालाई अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकारणले जनाएको छ ।   प्राधिकरका अनुसार स्पाइस जेट र… पुरा पढौ

क्यानडामा प्रधानमन्त्री ट्रुडा विजयी

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ।  संसदमा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्री जस्टिनले नै सरकार गठनका बारेमा साना दलहरुसँग छलफल थालेका छन्। मतगणना अन्तिम अवस्थामा रहँदा संसदको कूल ३३८ स्थानमध्ये जस्टिनको दलले १५६ स्थानमा विजयी हुने देखिएको छ भने मुख्य विपक्षी एन्ड्रु सियरको कन्जरभेटिभ्सले १२२ स्थान जित्नेछ।  मंगलबार बिहानैदेखि प्रधानमन्त्री जस्टिनले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं