बेलायतमा डिसेम्बर १२ मा संसदीय चुनाव

ब्रेक्जिट विवादमा फसेको बेलायतमा अन्ततः नयाँ मध्यावधि निर्वाचन गर्ने सहमति भएको छ ।

विपक्षी लेबर पार्टीले विरोध नगरेपछि  डिसेम्बर १२ का दिन संसद्को तल्लो सदन हाउस अफ कमन्सको निर्वाचन गर्ने प्रधानमन्त्री बोरिस जोन्सनको प्रस्ताव पारित भएको द वासिङटन पोस्टको अनलाइन संस्करणमा जनाइएको छ । 

सन् २०१६ मा भएको जनमत संग्रहमा झिनो मतले युरोपेली युनियनबाट बाहिरिने निर्णय भएपछि बेलायतमा राजनीतिक गतिरोध कायम रहेको छ ।

विपक्षी लिबरल डेमोक्र्या्टिक पार्टीलगायतले भने नयाँ जनमत संग्रह गर्ने प्रस्ताव गरेका छन् ।