वेल्जियममा पहिलो पटक महिला प्रधानमन्त्री

ब्रसेल्स- बेल्जियमकी अर्थ तथा बजेट मन्त्री सोफी विल्मस् त्यहाँको पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रच्न सफल भएकी छिन् ।
 
नरम दक्षिणपन्थी धार बोकेको मुभ्मेन्ट रिफरम्याटर पार्टीकी नेत्री विल्मसलाई देशको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा चुनिएकी हुन् । 

अक्टुबर २०१४ देखि सोफी विल्म्सको एमआर पार्टी मिशेल सरकारको हिस्साको रूपमा गठबन्धनमा थियो ।

बेल्जियमका निवर्तमान प्रधानमन्त्री चार्ल्स मिशेललाई समर्थन गरेको थियो । अहिले पनि उनीहरुकै समर्थनमा सोफी प्रधानमन्त्री बनेको बताइन्छ ।

उहाँलाई ४४ बर्षका राजा फिलिपद्वारा आइतबार बिहान औपचारिक राजकीय समारोहबीच शपथ गराइएको छ ।

सोफी विल्मसको लागि तस्बिर परिणाम

२०१८ को डिसेम्बरबाटै अघिल्लो सरकारले विश्वासको मत गुमाएपछि बेल्जियममा मिचेलको नेतृत्वको सरकार काम चलाउ भएको थियो । गत मेमा भएको संसदीय चुनावमा कसैको स्पष्ट बहुमत आउन नसकेपछि सरकार गठनमा जटिलता देखिएको हो ।-एएफपी/ Photo:alanbatnewsसोफी विल्मस्३बेल्जियम