अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका एक नेपाली विद्यार्थीको पौडी खेल्ने क्रममा समुन्द्रमा डुबेर मृत्यु भएको छ।
अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको समुद्रमा पौडी खेल्ने क्रममा डुबेर बुधबार पोखराका निकेस श्रेष्ठको मृत्यु भएको हो ।
फेडेरेसन युनिभर्सिटीमा अध्ययनरत श्रेष्ठ चार जना साथीसँग मिलेर पौडी खेल्न गएका थिए। पौडीकै क्रममा उनलाई छालले बगाएको थियो। साथीहरुले खबर गरेपछि आएका उद्धारकर्मीले उनलाई समुन्द्रबाट निकालेको थिए ।
श्रेष्ठको शव ब्रिजवेनको कुपर प्लेनस्थित शवगृहमा राखिएको र नेपाल पठाउने तयारी गरीरहेको एनआरएनए क्विन्सल्यान्डका संयोजक उमेश खड्काले जानकारी दिएका छन् ।
घटनाबारे जानकारी पाएलगत्तै क्विन्सल्यान्डका एनआरएनएले आफन्त, परिवार र प्रहरीसँग समन्वय गरेका थिए।




