कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि कतारले प्रवेशमा रोक लगाएको छ ।
आइतबार कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा अस्थायी रुपा रोक लगाउने निर्णय गरेको हो ।
सोमबार बिहानसम्म कतारमा १५ जनामा संक्रमण पुष्टि भएको छ । कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयले ३ जना आप्रवासी कामदारलाई पनि कोभिड–१९ को संक्रमण भएको पुष्टि गरेको छ ।
तर ती कुन देशका नागरिक हुन् भन्नेबारे केही जानकारी दिइएको छैन । कतारमा झन्डै चार लाख नेपाली कार्यरत छन्। कतारमा झन्डैभन्दा सयभन्दा बढी मुलुकका कामदार छन्।




