श्रीलंकामा भएका छुट्टाटुट्टै बम विष्फोटका घटनामा मृत्यु हुनेको संख्या १२२ पुगेको छ दुई सय ४७ जना घाइते भएका छन् ।
आज विहान चर्च र होटलहरुमा भएका विष्फोटमा परी उक्त घटना भएको अन्तर्राष्ट्रिय माध्यमहरुले जनाएका छन् । घाइतेको विभिन्न अस्पतालमा भर्ना गरिएको छ।
श्रीलंकको कोलम्बोमा रहेका तीन चर्च र अन्य छ स्थानमा विष्फोट भएको श्रीलंकका अधिकारीले बताएका छन्। विष्फोट कसले गरायो भन्ने अहिले सम्म खुल्न सकेको छैन्।
विष्फोटपछि शहरको शुरक्षा व्यवस्था कडा बनाइएको छ भने राहत र बचाउ कार्य पनि जारी रहेको छ ।




