श्रीलङ्कामा आइतबार भएकाे शृङ्खलाबद्ध विस्फाेटमा कम्तिमा पनि २७ जना विदेशी नागरिककाे मृत्यु भएकाे त्यहाँकाे रक्षामन्त्रालयले जनाएकाे छ ।
उता डेनमार्कले आफ्ना तीन नागरिक विस्फाेटमा मारिएकाे जनाएकाे छ । त्यस्तै बेलायतले कम्तिमा पनि ५ बेलायती नागरिक विस्फाेटमा परेकाे जनाएकाे छ । अमेरिकाले भने आफ्ना कयाैँ नागरिक विस्फाेटमा मारिएकाे बताएकाे छ । यसअघि चीनकाे सन्चारमाध्यममा एक चिनियाँ नागरिककाे मृत्यु भएकाे समाचार आएकाे थियाे ।
यी विस्फाेटपछि श्रीलङ्कामा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि कर्फ्यू लगाइएकाे छ ।






