विश्व

किन दिईन कांग्रेस पार्टी प्रवक्ताले राजीनामा ?

भारतीय कंग्रेस पार्टीकी प्रवक्ता प्रियंका चतुर्वेदीले पार्टीबाट राजीनामा दिएकी छन् । मथुरामा केही नेता कार्यकर्ताको विषयले आफूमाथि गरेको दुव्यवहार र धम्कीको घटनामा उनीले पार्टीबाट राजीनामा दिएकी हुन् । उनले बिहीबार साँझ पार्टी अध्यक्ष राहुल गान्धीलाई राजीनामा बुझाएको शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेकी हुन् । साथै उनले कांग्रेसमा इमान्दार र रगतपसिना बगाउने कार्यकर्तालाई भन्दा बढी गुण्डागर्दी गर्ने बदमासले ठाउँ पाउन थालेको भन्दै केही समय अघिदेखि गुनासो गर्दै आएकी थिइन् ।… पुरा पढौ

लिबियामा हिंसा बढ्दै, ठुलो संख्यामा मानिसको मृत्यु

लिबियाको राजधानी त्रिपोलीमा चर्किएको हिंसामा २०५ जनाको मृत्यु भएको छ। लिबियाली सेना र विद्रोही सेना लिबियन नेसनल आर्मीबीच जारी संघर्षमा ठूलो संख्यामा मानिसको ज्यान गएको विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले ट्वीट गर्दै यसबारे जानकारी गराएको हो। त्रिपोली कब्जा गर्न सरकारी सेना र विद्रोही सेनाबीच दुई हप्तादेखि संघर्ष जारी छ। दुई पक्षबीचको संघर्षका क्रममा हालसम्म करिब एक हजार मानिस घाइते भएका छन्। लिबियाली शासक मुअम्मर गद्दाफीको मृत्यु भएपछि देशमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकार… पुरा पढौ

पर्यटक चढेको बस दुर्घटना हुँदा , २८ को मृत्यु,२८ जना घाईते

पोर्चुगलमा बस दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन्। पर्यटक चढेको उक्त बस मडिरा टापुमा दुर्घटनामा परेको पोर्चुगलका सञ्चारमाध्यमहरूले जनाएका छन् । मृत्यु हुनेमध्ये १७ जना महिला र ११ जना पुरुष छन्। जर्मन पर्यटकहरू सवार बस सडकबाट तल खसेको थियो। बसमा ५५ जना यात्रु सवार रहेको बताईएको छ । स्थानीय समय अनुसार साँझ साढे छ बजे एउटा चोकमा चालकले नियन्त्रण गुमाउँदा बस सडकबाट… पुरा पढौ

भारतमा लोक सभा चुनावको दोस्रो चरणको मतदान चल्दै

भारतमा चलिरहेको लोकसभा निर्वाचन अन्तर्गत आजबाट दोस्रो चरणको मतदान शुरु भएको छ । सात चरणमा निर्वाचन गर्ने कार्यतालिका अनुसार आज दोस्रो चरणअन्तर्गत १२ राज्यका ९५ सिटका लागि मतदान सुरु भएको हो । बिहान ७ बजेबाट सुरु भएको मतदानमा ९५ सिटका लागि एक हजार पाँच सय ९६ प्रत्यासी चुनाव मैदानमा रहेको भारतको निर्वाचन आयोगले जनाएको छ । उडिसा र असमका पाँच–पाँच क्षेत्र, तमिलनाडुका ३८, कर्नाटकका १४, महाराष्ट्रका १०, छत्तीसगढ र पश्चिम… पुरा पढौ

बुधबार साँझदेखि जेटका सबै उडान रोकिने, किन ?

चरम आर्थिक संकटमा परेको २५ वर्ष पुरानो भारतीय एयरलाइन्स जेट एयरवेजलाई ऋणदाताहरुले थप रकम उपलब्ध नगराउने जनाएसँगै बुधबार साँझदेखि जेटका सबै उडान रोकिने भएका छन् ।  रोयटर्सका अनुसार, जेटलाई तत्काल उडान सुचारु गर्न आपत्तकालिन कोषकालागि ४ सय करोड भारु आवश्यक थियो। तर, ऋणदातासँग बुधबार साँझ भएको संचालकहरुको बैठकमा उनीहरुले थप रकम उपलब्ध गराउन इन्कार गरेपछि जेटका सबै उडान बन्द हुने भएका हुन्। १ सय १५ वटासम्म विमान भएको यो कम्पनीसँग बुधबार… पुरा पढौ

किन गरे पेरुका पूर्वराष्ट्रपतिले आत्महत्या ?

पेरुका पूर्वराष्ट्रपति अलान गार्सियाले गोली प्रहार गरी आत्महत्या गरेका छन् । आफ्नै घरमा उनले बुधबार आफ्नै टाउकामा आफैले गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा उनले आत्महत्या गरेको उनका वकिल र अस्पतालका अधिकारीहरुले जनाएका छन् । घटनालगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ आपत्कालीन अस्पतालमा लगिएको थियो । पोष्टमार्टम गर्दा उहाँको टाउकामा ठूलो घाउ देखिएको चिकित्सकहरुले जानकारी दिएका छन्… पुरा पढौ

नेपालको बारापर्सामा आएको टोर्नाडो अमेरिकामा पनि , ८ जनाको मृत्यु

अमेरिकाको दक्षिणी राज्यमा टोर्नाडोले विध्वशं मचाएको छ । अमेरिकाका केही दक्षिणी राज्यमा आएको टोर्नाडो आँधीले बाढी आएपछि कम्तीमा आठ जनाको मृत्यु भएको र धेरै जना घाईते भएको अधिकारीहरुले जनाएका छन् । टोर्नाडो आँधीको कारण टेक्सस राज्यमा रूख ढलेर एउटा कारलाई किच्दा दुई बालबालिकाको ज्यान गएको छ। मिसिसिपी, टेक्सस र लुइजियाना राज्यबाट मानवीय क्षतिका विवरण प्राप्त भएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार सडकमार्गहरूमा थुप्रिएको अवशेषका कारण केही घाइतेहरूलाई घण्टौँसम्म पनि उद्धार गर्न… पुरा पढौ

कति छ फेसबुकका मालिकको सुरक्षा खर्च ?

फेसबुकका प्रमुख मार्क जुगरबर्गको सुरक्षामा खर्च ६० प्रतिशतले बढेको छ । जुगरबर्गको सुरक्षाका लागि गत बर्षमात्र २.२६ करोड डलर खर्च गरिएको थियो । करिब २ करोड डलर रकम जुगरबर्क र उनको परिवारको सुरक्षामा खर्च गरिएको हो । २६ लाख उनले प्राईभेट जेट प्रयोगका लागि खर्च गरेका हुन् । जुन रकमलाई पनि उनको सुरक्षा खर्चमा समाबेश गरिएको हो । यसअघि २०१७ मा उनको सुरक्षाका लागि ९० लाख डलर खर्च भएको थियो… पुरा पढौ

भोट देऊ, नत्र श्राप दिन्छु

भारतमा यतिबेला आम निर्वाचनको माहोल छ । जहाँ प्रत्येक दलहरुको चुनावी प्रचारप्रसारका गतिविधीहरुले एकमाथि अर्काे बिवाद र फण्डा उत्पन्न भईरहेका छन् । यसैबीच भाजपाका उम्मेद्वार एवं सांसद साक्षी महाराजले चुनावी प्रचारप्रसारमा दिएको अभिव्यक्तिको यतिबेला आलोचना भईरहेको छ । उनले त जनतालाई धम्काउदै भोट मागिरहेका छन्। उनलेत आफुलाई सन्यासी बताउँदै भोट नदिने जनतालाई श्राप दिने चेतावनी दिए । उनले चुनावी कार्यक्रममा बोल्दै भनेका थिए “म सन्यासी हुँ । तपाईको घर दैलोमा… पुरा पढौ

अमेरिकामा नेपाली चेलीको वैज्ञानिक अन्वेषण

संयुक्त राज्य अमेरिकास्थित वासिङ्टन राज्य विश्वविद्यालय अन्तर्गतको भेटिनरी औषधालय र कलेज अफ फार्मेसी तथा फरमास्युटिकल साइन्सका वैज्ञानिकहरुले मानिस र जनावरमा हुने सुजनको उपचरार्थ एक नवीन खोज गरेका छन्। उक्त खोजमूलक लेख नेचर कम्युनिकेशन नामक प्रतिष्ठित जर्नलमा प्रकाशित भएको हो । एघार जना वैज्ञानिकहरुको समूहमा नेपाली चेली स्वेच्छा पोख्रेलको महत्वपूर्ण योगदान रहेको उक्त विश्वविद्यालयले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ। खोजका सम्बन्धमा प्रष्ट्याउँदै खोजको नेतृत्व गरेका प्रोफेसर बोस भन्छन्, “सुजन हाम्रो शरीरकालागि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं