कति छ फेसबुकका मालिकको सुरक्षा खर्च ?

फेसबुकका प्रमुख मार्क जुगरबर्गको सुरक्षामा खर्च ६० प्रतिशतले बढेको छ । जुगरबर्गको सुरक्षाका लागि गत बर्षमात्र २.२६ करोड डलर खर्च गरिएको थियो । करिब २ करोड डलर रकम जुगरबर्क र उनको परिवारको सुरक्षामा खर्च गरिएको हो ।

२६ लाख उनले प्राईभेट जेट प्रयोगका लागि खर्च गरेका हुन् । जुन रकमलाई पनि उनको सुरक्षा खर्चमा समाबेश गरिएको हो । यसअघि २०१७ मा उनको सुरक्षाका लागि ९० लाख डलर खर्च भएको थियो । जुन एक बर्षमा ६० प्रतिशतले बढेर २.२६ करोड डलर पुगेको हो ।

फेसबुकका सीओओ शेरिल स्याण्डबर्गको सुरक्षाको लागि पनि फेसबुकले महंगो रकम खर्च गर्दे आईरहेको छ । उनको सुरक्षाका लागि पछिल्लो बर्ष २९ लाख डलर खर्च गरेको थियो । ९ लाख डलरको त उनी प्राईभेट जेट नै चढ्छिन् । उनले पारिश्रृमिक र भत्तास्वरुप २.३७ करोड डलर थाप्दै आएकी थिईन् ।

हाल उनी २.५२ करोड डलर लिन्छिन् । पछिल्लो समय फेसबुकले विभिन्न आरोपह खेपिरहेको छ । फेसबुकको माध्यमबाट विभिन्न देशहरुमा भएका चुनावमा हस्तक्षेप , डाटा चोरी लगायतका मुद्धाहरुको कारण फेसबुकले प्रमुखहरुको सुरक्षामा हरेक बर्ष सुरक्षा खर्च बढाईरहेको छ ।