
भारतमा चलिरहेको लोकसभा निर्वाचन अन्तर्गत आजबाट दोस्रो चरणको मतदान शुरु भएको छ ।
सात चरणमा निर्वाचन गर्ने कार्यतालिका अनुसार आज दोस्रो चरणअन्तर्गत १२ राज्यका ९५ सिटका लागि मतदान सुरु भएको हो ।
बिहान ७ बजेबाट सुरु भएको मतदानमा ९५ सिटका लागि एक हजार पाँच सय ९६ प्रत्यासी चुनाव मैदानमा रहेको भारतको निर्वाचन आयोगले जनाएको छ ।
उडिसा र असमका पाँच–पाँच क्षेत्र, तमिलनाडुका ३८, कर्नाटकका १४, महाराष्ट्रका १०, छत्तीसगढ र पश्चिम बंगालका तीन–तीन, जम्मु कश्मीरका दुई तथा मणिपुर र पण्डुचेरीका एक–एक सिटका लागि आज मतदान हुँदैछ ।