भोट देऊ, नत्र श्राप दिन्छु

भारतमा यतिबेला आम निर्वाचनको माहोल छ । जहाँ प्रत्येक दलहरुको चुनावी प्रचारप्रसारका गतिविधीहरुले एकमाथि अर्काे बिवाद र फण्डा उत्पन्न भईरहेका छन् । यसैबीच भाजपाका उम्मेद्वार एवं सांसद साक्षी महाराजले चुनावी प्रचारप्रसारमा दिएको अभिव्यक्तिको यतिबेला आलोचना भईरहेको छ । उनले त जनतालाई धम्काउदै भोट मागिरहेका छन्। उनलेत आफुलाई सन्यासी बताउँदै भोट नदिने जनतालाई श्राप दिने चेतावनी दिए ।

उनले चुनावी कार्यक्रममा बोल्दै भनेका थिए “म सन्यासी हुँ । तपाईको घर दैलोमा भिख माग्न आएको छु । यदि एउटा सन्यासीलाई अस्वीकार गरे तपाईको घरपरिवारको पुण्य म लैजान्छु अनि मेरो हिस्साको पाप दिएर जान्छु” ।

उनले जनतालाई धम्काउदै भोट मागेपछि उनीबिरुद्ध उजुरी नै परेको छ । उनले आचार संहिता उल्लघंन गरेको भन्दै कारवाही गर्न माग गरिएको हो । साथै नाम दर्ता गराउन जाँदा पनि सय भन्दा बढि गाडी लिएर गएको भन्दै उजुरी दर्ता भएको छ । यसअघि पनि  साक्षी महाराज आफना बिवादास्पद अभिव्यक्तिको कारण आलोचनमा आएका थिए ।