नेपालको बारापर्सामा आएको टोर्नाडो अमेरिकामा पनि , ८ जनाको मृत्यु

अमेरिकाको दक्षिणी राज्यमा टोर्नाडोले विध्वशं मचाएको छ । अमेरिकाका केही दक्षिणी राज्यमा आएको टोर्नाडो आँधीले बाढी आएपछि कम्तीमा आठ जनाको मृत्यु भएको र धेरै जना घाईते भएको अधिकारीहरुले जनाएका छन् ।

टोर्नाडो आँधीको कारण टेक्सस राज्यमा रूख ढलेर एउटा कारलाई किच्दा दुई बालबालिकाको ज्यान गएको छ। मिसिसिपी, टेक्सस र लुइजियाना राज्यबाट मानवीय क्षतिका विवरण प्राप्त भएका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार सडकमार्गहरूमा थुप्रिएको अवशेषका कारण केही घाइतेहरूलाई घण्टौँसम्म पनि उद्धार गर्न सकिएको छैन। यता अधिकारीहरूले आँधी पूर्वी तटतर्फ जान सुरु गर्नुअघि कम्तीमा ११ वटा टोर्नाडोले तीनवटा राज्यलाई छोएको बताएका छन्।

टेक्ससकै फ्र्याक्लिनमा ५५ वटा घर तथा सार्वजनिक भवनसमेत ६० वटा भवन भत्किएको स्थानीय अधिकारीहरूले बताएका छन्। आँधीको कारण न्यूयोर्क, न्यूजर्जी र पेन्सिलभेनियामा सार्वजनिक सवारीसाधन सञ्चालन प्रभावित भएका छन् ।

केही समय अगाडीमात्र नेपालको बारा र पर्सामा टोर्नाडोले विध्वशं नै मचाएको थियो । जसमा ठुलो धनजनको क्षति भयो । यही टोर्नाडोले अमेरिकाको दक्षिणी राज्यमा अहिले क्षति गरेको छ ।