लिबियामा हिंसा बढ्दै, ठुलो संख्यामा मानिसको मृत्यु

लिबियाको राजधानी त्रिपोलीमा चर्किएको हिंसामा २०५ जनाको मृत्यु भएको छ।

लिबियाली सेना र विद्रोही सेना लिबियन नेसनल आर्मीबीच जारी संघर्षमा ठूलो संख्यामा मानिसको ज्यान गएको विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले ट्वीट गर्दै यसबारे जानकारी गराएको
हो।

त्रिपोली कब्जा गर्न सरकारी सेना र विद्रोही सेनाबीच दुई हप्तादेखि संघर्ष जारी छ। दुई पक्षबीचको संघर्षका क्रममा हालसम्म करिब एक हजार मानिस घाइते भएका छन्।

लिबियाली शासक मुअम्मर गद्दाफीको मृत्यु भएपछि देशमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकार र विद्रोहीबीच संघर्ष जारी रहेको छ।