विश्व

१६ वर्षमा नोबेल शान्ति पुरस्कारका लागि मनोनीत

स्विडेनकी १६ वर्षीया किशोरी ग्रेटा थन्बर्ग यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेकी छिन् । उनलाई नर्वेका ३ जना सांसदले नोबेल शान्ति पुरस्कारका लागि मनोनीत गरेका हुन् । थन्बर्गले जलवायु परिवर्तनविरुद्धको अभियान सञ्चालन गरेको भन्दै उनलाई लाई पुरस्कारका लागि मनोनयन गरिएको हो । गत वर्ष उनले १५ वर्षको उमेरमा जलवायु परिवर्तनको विषयमा हस्ताक्षर संकलन गरी उनले संसदमा बुझाएकी थिइन । ‘फ्राइडे फर द फ्युचर’ नामक अभियानमार्फत उनले जलवायु परिवर्तनबारे… पुरा पढौ

छोरी नमानेपछि आमा बेहुली

छोरीको विवाहको जन्ती र बेहुला आइसकेपछि आमा नै बेहुला बनिन् भन्ने सुन्दा अनौठो लाग्छ । भारतको कानपुर जिल्लामा यस्तै घटना भएको छ । १७ वर्षे युवतीले एक अधवैंसे युवकसँग विवाह गर्न इन्कार गरिन् । विहेअघि देखाइएको केटा भन्दा अर्कै केटा युवतीलाई लिन गएका थिए । आमा र गाउँले सम्झाउँदा पनि केही नलागेपछि आमा नै बेहुलाको घर आगरा गइन् । ती आमाका श्रीमानको ३ वर्षअघि नै मृत्यु भइसकेको छ । उनका… पुरा पढौ

इथियोपियन विमान दुर्घटनामा १ नेपालीको पनि मृत्यु

इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १ सय ४९ यात्रुसहित ८ जना चालक दलका सदस्य लिएर उडेको विमान दुर्घटनामा १ जना नेपालीको पनि मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका नेपालीको पहिचान भने हुन सकेको छैन् । विमानमा सवार सबैको ज्यान गएको पुष्टि भइसकेको छ ।  त्यस्तै विमान दुर्घटनामा मृत्यु हुनेमा सबैभन्दा धेरै केन्याका रहेका छन् । केन्याका ३२ जनाले  विमान दुर्घटनामा ज्यान गुमाएका छन् । त्यस्तै क्यानडाका १८, इथोपियाका… पुरा पढौ

इथियोपियामा विमान दुर्घटना हुँदा, १५७ जनाको मृत्यु

इथियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १ सय ५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए । इथियोपियन एयरलाइन्सले विमानमा विभिन्न ३३ देशका नागरिक रहेको बताएको छ । बोइङ ७३७ म्याक्स ८ विमान स्थानीय समय अनुसार विहान… पुरा पढौ

अष्ट्रियन नागरिक फ्रेडिटको अत्याधुनिक कार

अष्ट्रियन नागरिक फ्रेडिट सोवादा आफ्नो ६ पाङग्रे अत्याधुनिक कार चलाउदै शनिवार मुस्ताङको जोमसोम टुरिस्ट चेकपोष्टमा भेटिए । विश्व कारयात्रा गर्ने क्रममा उनी मुस्ताङ आईपुगेको उनले भेटमा बताए । उनी केहि वर्षअघि देखि त्यही ६ पाङ्ग्रे अष्ट्रियन कार चलाउदै विश्व भ्रमण गर्ने रफ्तारमा रहेछन् ।अनौठो प्रकारको अत्याधुनिक बसको मोडल जस्तो कार ।त्यही चलाउदै मुस्ताङ आएका उनी नेपाल आएको दुईसाता भएको बताउछन् ।उनको विश्वयात्रा एक्लै गर्ने गरेको र आफ्नो संम्पूर्ण रेकर्ड जिपिएसको… पुरा पढौ

विश्वविद्यालयसम्मै निःशुल्क शिक्षा

सिक्किमका मुख्यमन्त्री पवन चामलिङले विश्वविद्यालयको स्तरसम्मै सिक्किमे विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान दिने घोषणा गरेका छन्। केही दिनअघि नाम्चीमा आयोजित कार्यक्रममा उनले विश्वविद्यालय स्तरसम्मको निःशुल्क शिक्षा व्यवस्था सिक्किममा लागू भएपछि यो व्यवस्थालाई अङ्गीकरण गर्ने सिक्किम विश्वमै पहिलो राज्य हुनेछ। अहिले पनि सिक्किममा स्नातक तहसम्मका सबै शिक्षा निःशुल्क छ । भारतमा शिक्षाका लागि २० प्रतिशत बजेट खर्च गर्ने राज्य सिक्किम मात्र हो । सिक्किमका धनी गरीब सबै वर्गका विद्यार्थीले समान शिक्षा प्राप्त… पुरा पढौ

म नोबेल पुरस्कारका लागि योग्य छैन : इमरान

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफु नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन् ।  स्थानीय जनताको चाहना अनुसार काश्मिर समस्या समाधान गर्नेलाई व्यक्ति सो पुरस्कारका लागि योग्य हुने उनले स्पष्ट पारे । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “म नोबेल शान्ति पुरस्कार पाउन योग्य छैन । त्यसका लागि योग्य त्यो हुनेछ जसले काश्मिरका जनताको इच्छा अनुसार काश्मिर विवादको अन्त्य गराउनेछ ।”  भारत र पाकिस्तानबीचमा तनाव बढिरहेका बेला पाकिस्तानको नियन्त्रणमा रहेको… पुरा पढौ

खूल्यो पत्नीपीडित आश्रम, के छन् सेवा, सुविधा र शर्त ?

पतिबाट पीडित भएका महिलाका लागि विभिन्न आश्रय दिएर राखेको खबर त हामीले बिरलै मात्रामा पाएका थियौँ। तर, भारतमा भने पत्नी पीडित पुरुषहरुका लागि समेत आश्रय स्थापना भएको छ। महाराष्ट्रको औरंगाबाट १२ किलोमिटर टाढा शिरडी मुम्बई हाइवे छेउमा यो आश्रम रहेको छ। आश्रयभित्र थर्मोकोलबाट एउटा ठूलो आकारमा निर्माण गरिएको कागको आकृतिलाई हरेक बिहान तथा बेलुका पूजा गरिने गरिन्छ। पीडितहरुको मान्यता अनुसार पोथी काग फूल पारेर उडेर जान्छ। तर, भाले काग बच्चाको… पुरा पढौ

६ देशमा मात्र महिला, पुरुषलाई समान अधिकार

वर्ल्ड बैंकले गरेको एक सर्वेक्षणपछि केबल ६ वटा देशमा मात्र महिला र पुरुषले सबै क्षेत्रमा समान अधिकार प्राप्त गरिरहेको पत्ता लागेको हो । शून्यबाट ६ सम्म पुग्नुलाई एक दशक अगाडिको तुलनामा सुधार मानिएपनि अझै अपेक्षा गरिए जस्तो नतिजा नदेखिएको बताइएको हो ।  यसरी विश्वबैंकले विश्वभरका राष्ट्रहरुले कतिको प्रभावकारी ढङ्गमा महिला र पुरुषलाई कानुनी र आर्थिक समानता सुनिश्चित गराइरहेको छ भन्ने मापन गर्दै वार्षिक रिपोर्ट तयार गर्ने गरेको छ । यस… पुरा पढौ

होचि मिन्हलाई किम जोङको सम्मान

भियतनामका क्रान्तिकारी नेता होचि मिन्हप्रति उत्तर कोरियाली नेता किम जोङ उनले सम्मान व्यक्त गरेका छन्। हाल भियतनाममा रहेका उनले भियतनामका स्वतन्त्रतावादी तथा क्रान्तिकारी नेता मिन्हप्रति शनिबार श्रद्धाञ्जलि व्यक्त गरेका समाचारमा जनाइएको छ। भियतनामको दोङदाङ सीमा क्षेत्रमा रहेको मिन्हको समाधिस्थलमा पुगी उनले शनिबार हार्दिक श्रद्धा व्यक्त गरेका जनाइएको छ। नेता किम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो चरणको वार्ताका लागि भियतनाम पुगेका थिए। उनीहरुबीच यसै हप्ता द्धिपक्षीय वार्ता भएको थियो। वार्ता सकिएर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं