स्विडेनकी १६ वर्षीया किशोरी ग्रेटा थन्बर्ग यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेकी छिन् । उनलाई नर्वेका ३ जना सांसदले नोबेल शान्ति पुरस्कारका लागि मनोनीत गरेका हुन् ।
थन्बर्गले जलवायु परिवर्तनविरुद्धको अभियान सञ्चालन गरेको भन्दै उनलाई लाई पुरस्कारका लागि मनोनयन गरिएको हो । गत वर्ष उनले १५ वर्षको उमेरमा जलवायु परिवर्तनको विषयमा हस्ताक्षर संकलन गरी उनले संसदमा बुझाएकी थिइन ।
‘फ्राइडे फर द फ्युचर’ नामक अभियानमार्फत उनले जलवायु परिवर्तनबारे पर्चासमेत बाँडेकी थिइन् । उनले पुरस्कार जितिन् भने पाकिस्तानकी मलाला युसाफजाईको रेकर्ड तोडिनेछ । मलालाले १७ वर्षको उमेरमा नोबल शान्ति पुरस्कार जितेकी थिइन्।
सन् २०१९ को नोबेल शान्ति पुरस्कारका लागि २ सय २३ व्यक्ति र ७८ संस्था गरी ३ सय १ जना मनोनयनमा परेका छन् ।





