विश्व

अमेरिकासँग वार्ता गर्दै अन्तर्रांष्ट्रिक आतंकवादी तालिबान

अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले कतारको दोहामा रहेको राजनीतिक कार्यालयको नयाँ प्रमुखमा तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरेको छ । अफगानिस्तानमा विगत १७ वर्षदेखि जारी युद्धको अन्त्यको उपाय पहिल्याउन संयुक्त राज्य अमेरिकासँग दोहामा सोमबारदेखि सुरु भएको वार्तामा बरादर सहभागी हुनेछन् । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बिहीबार जारी गरेको विज्ञप्तिमा तालिबानका वरिष्ठ सदस्य मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरिएको उल्लेख छ । विज्ञप्तिमा बरादरलाई दोहा कार्यालयको प्रमुखका रूपमा जिम्मेवारी… पुरा पढौ

चीनको आर्थिक वृद्धिदर २८ वर्षयताकै कम

चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको यहाँ सार्वजनिक गरिएको चीनको आधिकारिक तथ्याङ्कमा उल्लेख छ । ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको हो । राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस)ले गत वर्ष सन् २०१८ मा आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने अनुमान गरिएकामा समग्र तथ्याङ्क विश्लेषण गर्दा त्यस्तो आर्थिक वृद्धिदर ६.६ प्रतिशत भएको जनाएको छ । एनबीएसका अनुसार सन्… पुरा पढौ

मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ७३ पुग्यो

मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ७३ पुगेको छ । घाइते भएर अस्पतालमा उपचार गराइरहेकामध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । घाइते हुनेको संख्या अझै पनि ७४ रहेको छ भने तीमध्ये ५० जनाको हिडाल्गोमा रहेको अस्पतालमा र अरु २४ जनाको मेक्सिको सिटीको अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्थानीय समय अनुसार शुक्रबार बेलुका ७ः००… पुरा पढौ

विस्फोटमा २१ को मृत्यु, ७१ घाइते

मेक्सिकोको मध्यभागमा शुक्रबार भएको विस्फोटनमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीले दिएको जानकारी अनुसार हिडाल्गो राज्यमा भएको सो घटनामा परी अन्य ७१ जना घाइते भएका छन् । स्थानीय समयानुसार बेलुका ७ बजे सान प्रिमिटीभो समुदायको बस्तीमा घटना भएको हो । इन्धन सङ्कलन गर्न स्थानीय बासिन्दा भेला भएको बेला पाइप विस्फोटन भएकाले धेरै क्षति भएको बताइएको छ । पाइप विस्फोटनलगत्तै आगलागी भएकाले २० जनाको मृत्यु भएको र… पुरा पढौ

अमेरिकी राष्टपतिमा ओबामा जुलियट क्यास्ट्रोको पक्षमा

सन् २०२० मा हुने अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि पूर्वराष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गरेका छन् ।  ओबामाको मन्त्रिपरिषद्का सदस्य समेत रहेका क्यास्ट्रो अमेरिकाको पहिलो स्पेनिस भाषी राष्ट्रपति हुनसक्ने अनुमान गरिएको छ ।  अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपति चुनावमा उम्मेदवार हुन चाहनेहरुले नाम घोषणा गर्नेक्रम सुरु भएको छ । यस क्रममा डमोक्र्याटिक पार्टीबाट दर्जनौं नेताले उम्मेदवारी घोषणा गरिसकेका छन् ।  आप्रवासन र सीमा… पुरा पढौ

सिक्किममा हरेक परिवारमा १ जनालाई सरकारी जागिर

जब सिक्किममा पवन कुमार चामलिङ मुख्यमन्त्री बनेर आए तब बिकासमा सिक्किमले उछाल नै ल्यायो । बिकास प्रेमी मन्त्रीको रुपमा चर्चित चामलिङ सिक्किमको बिकासमा ठुलो योगदान दिएको कारण पनि उनले लामो समयदेखि मुख्यमन्त्री पदमा रहिरहेका छन् । उनै चामलिङले सिक्किममा ‘एक परिवार, एक रोजगारी’ नामक योजनाको उद्घाटन गरेका छन् । शनिबार एक कार्यक्रमकाबीच उनले सो योजनाको शुभारम्भ गर्दे सिक्किमका हरेक परिवारका एक सदस्यलाई सरकारी जागिर प्रदान गर्ने भएका छन् । उनले… पुरा पढौ

धर्मगुरुले नै गरे पत्रकारको हत्या

भारतका विवादास्पद एक जना शक्तिशाली धर्मगुरुले पत्रकारको हत्या गरेको अदालतले ठहर गरेको छ । आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकोले गुरमित रामरहिम सिंहले पत्रकारको हत्या गरेको अदालतले शुक्रबार ठहर गरेको हो ।  संसारभरी लाखौँ समर्थक रहेका सिंहलाई अदालतले बलात्कार गरेको अभियोगमा यसअघि नै २० बर्षको जेल सजाय सुनाइसकेको छ । अदालतले शुक्रबार गरेको फैसला अनुसार पत्रकारको हत्यामा ५१ बर्षीय सिंहसँगै अरु तीन जना सहयोगी पनि संलग्न रहेको ठहर गरिएको छ ।  उनीहरूले सन्… पुरा पढौ

पाकिस्तानी टिभीमा बेड सिन प्रतिबन्ध

पाकिस्तानका टेलिभजन च्यानलले सयन कक्षको र महिला र पुरुषको अन्तरङ्ग दृश्य देखाउन नपाउने भएका छन् । पुरातनवादी समाज रहेको देश भएकाले टेलिभिजनले यस्ता दृश्य देखाउन उपयुक्त नहुने भन्दै आवाज उठेपछि यस्तो घोषणा गरिएको हो ।  पाकिस्तानको विद्युतीय सञ्चारमाध्यम नियमन प्राधिकरण (पीईएमआरए)ले अश्लील दृश्य देखाउन नपाइनेसम्बन्धी निर्देशन मङ्गलबार जारी गरेको छ ।  निर्देशनमा सञ्चारमाध्यमसम्बन्धी निर्देशिकाको कार्यान्वयन गर्न र देशको सामाजिक अवस्थाको ख्याल गर्न आग्रह गरिएको छ ।  “पाकिस्तानी नाट्य उद्योगमा बनाइएका कतिपय… पुरा पढौ

मलेसियामा यही महिना नयाँ राजा

मलेसियामा बाहलवाला राजाले पद त्याग गरेकाले यही महिना नयाँ राजा चयन गरिने भएको छ । नयाँ राजा चयनसँगै उनको पदबहाली समारोह पनि यही महिना गर्ने कार्यतालिका बनाइएको राजप्रासाद अधिकारीहरुले सोमबार बताएका छन् । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा चयन गर्ने अनौठो प्रचलन रहेको छ । पछिल्ला राजा सुल्तान मुहम्मद पाँचौँले आफ्नो कार्यकाल पूरा नहुँदै आइतबारदेखि लागू हुनेगरी राजगद्दी त्यागेको घोषणा गर्नु भएपछि नयाँ राजाको खोजीका… पुरा पढौ

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार आज बिहान तेर्नाते शहरबाट उत्तपश्चिममा केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण कुनै क्षति नभएको बताइएको छ । खोजी तथा उद्धार एजेन्सीका एक अधिकारीले दिएको जानकारी अनुसार यो भूकम्प तेर्नाते शहरमा भने महसुस गरिएको थिएन । यस्तै, भूकम्पपछि सुनामीको पनि कुनै खतरा नरहेको जनाइएको छ । गएको डिसेम्बरमा आएको सुनामीका कारण इन्डोनेसियामा ४ सय भन्दा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं