अब म लुक्न चाहन्नँ : सल्मान रुस्दी

इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्डको सजाय सुनाएपछि झण्डै ३ दशकदेखि अर्ध भूमिगत प्रसिद्ध साहित्यकार सल्मान रुस्दी विस्तारै विद्रोही देखिन थालेका छन् ।

“म अब लुक्न चाहन्नँ,” पेरिस भ्रमणका क्रममा रुस्दीले भने । यी उपन्यासकारको जीवन सन् १९८९ फेब्रुअरी १४ मा सदाका लागि एकाएक परिवर्तन भएको थियो । इरानी धार्मिक नेता खोमेनीले रुस्दीको पुस्तक “दी सटानिक भर्सेज” इस्लाम विरोधी भएको जनाउँदै रुस्दीको हत्या गर्न “आदेश (फतवा)” जारी गरेका थिए ।

तेहरानले हरेक वर्ष यो फतवा जारी गरिरह्यो । रविन्द्रनाथ टेगोर पछिका सर्वाधिक सफल भारतीय लेखक मानिएका रुस्दीले १३ वर्षसम्म कसैले सहजै नचिनुन् भनेर नक्कली नाम राखेका थिए । उनलाई प्रहरीले निरन्तर सुरक्षा दिएको थियो । “म त्यतिखेर ४१ वर्षको थिएँ, अहिले ७१ वर्ष पुगिसकें । अहिले परिस्थिति ठिकै देख्छु,” उनले गत सेप्टेम्बरमा भेका थिए , “हामी निकै तिब्र रुपमा परिवर्तन भइरहेको विश्वमा छौँ । र यो निकै पुरानो विषय पनि हो । अहिले अरु धेरै कुराले मानिसलाई व्यग्र बनाउन थालेका छन्, र अरु कुनै व्यक्तिले पनि कसैको हत्या गर्न सक्छ ।”

रुस्दीले सन् २००१ को सेप्टेम्बर ११ देखि नक्कली नाम राख्न छाडे । तेहरानले रुस्दीमाथिको चेतावनी फिर्ता लिएको तीन वर्षपछि उहाँले नक्कली नाम राख्न छाडेका हुन् । पेरिसको एक प्रकाशन गृहमा अन्तर्वार्ता दिँदा पनि कार्यालयको मूलगेटमै सादा पोशाकका प्रहरीको निगरानी थियो । कार्यालय बाहिरको परिसरमा पनि अरु प्रहरीले सुरक्षा दिएका थिए ।

यसअघि, पूर्वी फ्रान्समा आयोजित एक पुस्तक प्रदर्शनीमा सर्वसाधारण श्रोताकै रुपमा उहाँ सहभागी भएका थिए । तर न्यूयोर्कमा भने उनी विल्कुलै सामान्य जीवनमा रहने गर्नुहुन्छ । न्यूयोर्कमा उहाँ झण्डै दुई दशक बसे । “म भूमिगत बाटो (सब वे) बाटै यात्रा गर्दछु,” उनले भने ।

“दी सटानिक भर्सेज” रुस्दीको पाँचौं पुस्तक हो । अहिले उनको १८औं पुस्तक आइसकेको छ । भर्खरै उहाँको “दी गोल्डेन हाउस” प्रकाशन भएको छ जुन भारतको मुम्बईका एक व्यक्तिको बारेमा छ । दङ्गा, बम आक्रमणको योजना तथा दी सटानिक भर्सेज पुस्तकका एक अनुवादकको हत्या एवं अरु दुई जनामाथि गोली र चक्कु प्रहारको दुर्दान्त विगत देखेका रुस्दीले भने, “त्यो अब अतितको भइसक्यो ।” “इस्लामको केही कुरै होइन ।

कसैले पनि त्यसरी सोचेका थिएनन्,” द सटानिक भर्सेज प्रकाशनका दिनहरुको स्मरण गर्दै उनले भने, “पश्चिमा मुलुकका मानिसहरु पहिलेभन्दा बढी जानकार देखिएका थिए ।” उनले सटानिक भर्सेस लेखेकोमा कुनै पछुतो नभएको बताए ।