विश्व

अमेरिकाकी शक्तिशाली महिला बनिन्, न्यान्सी पेलोसी

अमेरिकाको क्यालिफोर्नियाबाट निर्वाचित डेमोक्रेटिक पार्टीकी सांसद न्यान्सी पेलोसी अमेरिकी प्रतिनिधिसभाको सभामुख चुनिएकी छिन् । सभामुखमा चुनिएसँगै पेलोसी अमेरिकाकी सबैभन्दा शक्तिशाली महिला बनेकी छिन् । अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिपछि सभामुख पद शक्तिशाली मानिन्छ । अमेरिकामा हालै मात्र भएको मध्यावधि चुनावको तल्लो सदन अर्थात हाउस अफ् रिप्रजेन्टेटिभमा डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने भनेकै बेला भएको पेलोसीको जितलाई महत्वका साथ हेरिएको छ । सभामुखमा… पुरा पढौ

उत्तरी सिरियामा विद्रोही समूहबीच झडप, १९ को मृत्यु

 उत्तरी सिरियामा परस्पर दुई विद्रोही समूहबीच भएको झडपको क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारीवादी संस्थाले जानकारी दिएका छन् । सिरियाको पश्चिमी प्रान्त अलेप्पोको पश्चिमी भागमा अल कायदा आबद्ध हयात ताहरिर अल–शाम (एचटीएस) र सिरियाली विद्रोही समूह नुरेद्दिन अल–जिन्कीबीच झडप भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । सो झडपका क्रममा आफ्ना पाँच लडाकू मारिएको एचटीएसले सोमबार पुष्टि गरेको छ । त्यसैगरी… पुरा पढौ

दुई श्रीमती बिहे गर्नेलाई सरकारले भत्ता दिने

 दुई श्रीमती हुने पुरुषले नेपालमा ठूलो कानुनी झमेला बेहोर्नु पर्ने नयाँ कानुन बनिरहेका बेला संयुक्त अरब इमिरेट अर्थात् युएइमा भने सरकारले नै अतिरिक्त घर भाडा भत्ता दिने भएको छ । अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम लागू गरेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै अब… पुरा पढौ

अमेरिकी राष्ट्रपतिको दौड सुरु गर्दै वारेन

संयुक्तराज्य अमेरिकामा डेमोक्र्याटिक पार्टीकी प्रभावशाली नेतृ एवं सिनेटर एलिजाबेथ वारेनले अमेरिकी राष्ट्रपतिको सन् २०२० मा हुने चुनावका लागि उम्मेदवार हुने इच्छा व्यक्त गरेकी छन् । उनी राष्ट्रपति डोनाल्ड ट्रम्पका कटु आलोचक हुन् । वारेनले अमेरिकी राष्ट्रपतिका लागि प्रारम्भिक तयारी समिति गठन गरेको घोषणा गरेकी छन् । डेमोक्र्याटिक पार्टीभित्र अति लोकप्रिय र खरो स्वभावकी वारेनले प्रारम्भिक चरणमा उम्मेदवारीका लागि पार्टीभित्रको अवस्था बुझ्ने छिन् । उक्त घोषणापछि वारेनले चुनावी खर्च उठाउन पाउनेछिन्… पुरा पढौ

नयाँ वर्ष समारोहमा गोली चल्दा छ जनाको मृत्यु

थाइल्याण्डमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यलाई गोली प्रहार गरेर हत्या गरेका छन् । नयाँ वर्षको अवसरमा भइरहेको रमाइलो कार्यक्रममा उनले हानेको गोली लागेर दुई जना बालबालिका सहित एकै परिवारका छ जनाको मृत्यु भएको हो । ससुराले आफुलाई अपमान गरेको महसुस गरी ती व्यक्तिले गोली प्रहार गरेको प्रहरी अधिकारीले मंगलबार जनाएका छन् । चुम्फोङ प्रान्तमा मध्यरातमा झण्डै दश मिनेट जति ती व्यक्तिले आफ्नै परिवारका सदस्यमाथि निरन्तर रुपमा गोली वर्र्र्षाएका थिए ।… पुरा पढौ

पहिरोमा ४१ जना बेपत्ता

इन्डोनेसियाको जाभा प्रान्तको पश्चिमी भेगमा पर्ने सुका बुमी जिल्लामा आएको बाढी पहिरोमा परी ४१ जना बेपत्ता भएका छन् । सिनारेस्मी गाउँका ३४ वटा घर पूर्णरुपमा पुरिएको प्रकोप व्यवस्थापन निकायका अधिकारीले मंगलबार बताएका छन् । उद्धारकर्ताले बेपत्ता भएकाको खोजीकार्य जारी राखेको जनाइएको छ । “बाढी र पहिरो गएको क्षेत्रमा उद्धारकर्ताले लगातार खोजी गरिरहेका छन्,” एक अधिकारीले भने । उद्धारका क्रममा पहिरो हटाउने र पुरिएकालाई खोज्नेकार्य भइरहेको उनीहरुको भनाइ छ । पुरा पढौ

तीन विमान चालकसहित ५० कर्मचारी बर्खास्त

 पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ । उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन जना विमान चालक रहेको जनाइएको छ पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाईन्स (पिआइए)ले आफ्ना ५० कर्मचारीको विद्यालय तहको शैक्षिक प्रमणपत्र नक्कली भएको अहिले पत्ता लगाएको हो । पिआइएका प्रवक्ता मसुद ताजवारले यसअघि पनि कम्तीमा छ जना विमान चालकलाई यही कारणले बर्खास्त गरिसकिएको सोमबार जानकारी दिए । नक्कली प्रमणपत्र ठूलो चुनौतीका… पुरा पढौ

प्रधानमन्त्री हसिनाको दलले २८१ स्थानमा बहुमत हासिल

बंगलादेशमा भएको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको दलले बहुमत प्राप्त गरेको छ । उनको दल अवामी लिग अत्यधिक मतका साथ विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । कुल ३५० संसदीय क्षेत्रमध्ये अवामी लिगले अहिलेसम्म २८१ स्थानमा बहुमत हासिल गरेको छ । स्थानीय समय अनुसार मतदान आइतबार अपराह्न चार बजेसम्म भएको हो । चुनावी पर्यवेक्षणले प्रधानमन्त्री हसिनाको दल विजयी हुने अनुमान पहिलेदेखि नै गरिँदै आएको थियो । यस चुनावमा बहुमत… पुरा पढौ

दोस्रो विश्व युद्धमा बिस्फोट नभएको बम फेला

केही समय अगाडीमात्र विश्व युद्धमा प्रयोग र प्रहार भएको बम फेला परेको थियो । त्यसोत बेलायत , जापान लगायतका देशहरुमा पनि विश्व युद्धमा प्रहार भएका बमहरु फेला परेका थिए । यसैबीच भारतमा पनि दोस्रो विश्व युद्धमा बिस्फोट नभएको बम फेला परेको छ । कोलकत्तामा नेता सुभाष बन्दरगाहमा ४५० किलोग्रामको बम फेला परेको हो । शुक्रवार बन्दरगाह सरफाइ गर्दा उक्त बम फेला परेको थियो । उक्त बम अमेरिकी सेनाले सन् १९४५… पुरा पढौ

दक्षिण कोरिया र उत्तर कोरियाबीचअभूतपूर्ण समारोह सम्पन्न

दक्षिण कोरिया र उत्तर कोरियाको सीमा क्षेत्रका इलाकाहरुमा आधुनिक रेलमार्ग र सडकहरुले जोड्न शुरु गरिएको एक अभूतपूर्व समारोह बुधबार सम्पन्न भएको छ । सो समारोह दक्षिण कोरियाको सीमा शहर केइसोङमा रहेको पानमुन स्टेशनबाट शुरु भएको छ । यस समारोहमा दक्षिण र उत्तर कोरिया गरी एकएक सय व्यक्तिको सहभागिता रहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जानकारी दिएको छ । गत सेम्टेम्बरमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाली उच्च नेता किम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं