विश्व

कांग्रेस नेता कमलनाथ मध्य प्रदेश मुख्यमन्त्री

भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्यप्रदेशको मुख्यमन्त्रीको सपथ गर्ने भएका छन् । डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्य मन्त्री नियुक्त भएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’ मा सपथग्रहण गर्ने समाचारमा जनाइएको छ । मध्य प्रदेशको काँग्रेस समिति (एमसीसी)का अध्यक्षसमेत रहेका कमलनाथलाई मुख्यमन्त्री बनाउने निर्णय बिहीबार अबेर राति घोषणा भएको थियो । हालै मात्र सो राज्यमा सम्पन्न विधान सभाको निर्वाचनमा काँग्रेस पाटीको विजयपछि कमलनाथलाई मुख्य मन्त्रीमा प्रस्ताव… पुरा पढौ

एक वर्षमा ८८गगनचुम्बी भवन बनाउने चीन

 चीनले एक वर्षमा २०० मिटर उचाईका ८८ वटा गगनचुम्बी बनाएर संसारमै धेरै गगनचुम्बी बनाउने देशमा पहिलो देश बनेको छ । निर्माण क्षेत्रबारे जानकारी राख्ने कम्पनी काउन्सिल अफ टल बिल्डिङ्स एण्ड अर्बन हेबिटेटका अनुसार अग्ला भवन निर्माणमा यो आंकडा ऐतिहासिक हो । कहाँ र कहिले बने गगनचुम्बी भवन ?  १. अर्बन ह्याबिटेटको अनुसार विश्वभरी १४३ गगनचुम्बी भवन बनेका छन् । जसमा २०१७ मा मात्रै १४७ वटा अग्ला भवन बने । भने… पुरा पढौ

दुई कोरियाका सेनाले सिमा पार गरे

उत्तर कोरिया र दक्षिण कोरियाका सेनाले एक अर्काको देशको सिमा नाघेका छन् । कोरिया विभाजन भई दुईवटा देश बनेपछि ती देशका सेनाले पहिलो पटक सौहार्दपूर्ण रुपमा एक अर्काको देशको सिमा पार गरेका हुन् । दुई देशका सेनाले गैर सैन्य क्षेत्रमा रहेका सैनिक पोष्ट हटाउने क्रममा ति क्षेत्रको निरिक्षण गरेका हुन् । सिमा पार गर्ने क्रममा दुबै देशका सेनाले एकअर्कासँग हात मिलाएका थिए ।  सन् १९५० को दशकमा भएको कोरिया युद्धले… पुरा पढौ

भाजपा–कंग्रेस आइ कडा टक्कर

भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिकमतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ । कङ्ग्रेस छत्तिसगढमा पनिभाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउनेदेखिएको छ । त्यस्तै तेलङ्गनामा क्षेत्रीय दल तेलङ्गना राष्ट्र समिति(टिआरएस)ले नेतृत्व गरेको छ भने मोजिराममा मिजो नेशनल फ्रन्टले प्रारम्भिकमतगणनामा निर्वाचनमा नेतृत्व गरिरहेका छन् । भारतमा वर्तमान निर्वाचनमा राहुल गान्धीको नेतृत्वलाई कति सफलवा असफल भनी मापन गर्ने कडीका रूपमा लिइएको छ भने प्रारम्भिक मतगणनाबाट कङ्ग्रेसकोअवस्था मजबुत नै… पुरा पढौ

रत्नजित दोश्रो चरणमा

नेपाली ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ्गले बंगलादेशमा मंगलबारबाट सुरु भएको योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८ मा जित हात पारेका छन् । पुरुष एकल तर्फ रत्नजितले पुरुष एकलमा भारतका अङकुर साङ्गपाङ्ग राईलाई २१ – ११, २५ – २३ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका छन् । अव उनले मलेसियाका जुल्हेल्मी जुल्किफ्ली संग प्रतिस्पर्धा गर्ने छन् । अर्का खेलाडी दिपेश धामी भने पराजित भएका छन् । धामी ईन्डोनेसियाका क्रिष्टियन एडिनाटा संग… पुरा पढौ

१ प्रहरीले लिए ५६ जनाको ज्यान

रुसको एक अदालतले सोमबार १ पूर्वप्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ । यसअघि पनि उनले करिब २२ जना महिलालाई महिलाको हत्या गरेको अभियोगमा जन्म कैँदको सजाय सुनाइसकेको छ । उनी हाल जेलमा नै छन् । ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो । उनी रुसको इतिहासकै एक कुख्यात हत्याराको रुपमा परिचित भएका छन् । रुसको इरकुस्तुक अदालतले ती पूर्वप्रहरीलाई सन् १९९२… पुरा पढौ

ब्याडमिन्टन अम्पायर अर्याल, थापा र शाक्य बंगलादेश प्रस्थान

बंगालादेश ब्याडमिन्टन संघको निमन्त्रणमा निर्णायकको भूमिका निर्वाह गर्न तीन अन्तराष्ट्रिय अम्पायरहरु उदय अर्याल, दीपक थापा र सुमित शाक्य पनि आजै त्यस तर्फ प्रस्थान गरेका छन् । ब्याडमिन्टन एशियाबाट मान्यता प्राप्त तीन नेपाली अन्तराष्ट्रिय अम्पायरहरुले बंगलादेशमा मंसिर २५ देखि पौष १ गते सम्म संचालन हुने “योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८” र पौष ३ देखि ८ गते सम्म संचालन हुने “योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय जुनियर सिरिज २०१८” का प्रतियोगिताहरुमा निर्णायकको भूमिका… पुरा पढौ

नेपाली ब्याडमिन्टन टोली बंगलादेश प्रस्थान

बिश्व ब्याडमिन्टन संघको तत्वाधान तथा बंगलादेश ब्याडमिन्टन संघको आयोजनामा बंगलादेशको राजधानी ढाकामा हुने “योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८” मा सहभागि हुन नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको नेतृत्वमा चार सदस्यीय नेपाली ब्याडमिन्टन टोली सोमबार बंगलादेश प्रस्थान गरेको छ । बंगलादेश प्रस्थान गर्ने खेलाडीहरुमा रत्नजित तामाङ्ग, दिपेश धामी, नङ्गशल देवी तामाङ्ग रहेका छन् । अमिता गिरी पढाईका क्रममा भारतमा रहेकाले त्यतैबाट बंगलादेश प्रस्थान गर्ने छिन् । मंसिर २५ देखि पौष… पुरा पढौ

फ्रान्समा सरकार विरोधी प्रर्दशनमा १७ सय पक्राउ

फ्रान्समा राष्ट्रपति म्यानुअल माँक्रोको राजीनामाको माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो टिसर्टधारीमध्ये १ हजार ७ सय २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । देशका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी उनीहरुलाई पक्राउ गरिएको गृह मन्त्रालयले आइतबार जनाएको छ । पक्राउ परेकामध्ये एकहजार २२० जनालाई अर्को आदेश नभएसम्म थुनामा राख्न आदेश दिइएको छ । शनिबार भएको प्रदर्शनमा एक लाख ३६ हजारभन्दा बढी प्रदर्शनकारीले भाग लिएको बताइएको छ । प्रदर्शनका क्रममा भएको झडपमा परी… पुरा पढौ

पोखरा २१ का सबै स्कुल सेनेटरी प्याड युक्त

पखरा महानगर वडा २१ का विद्यालयलाई सेनेटरी प्याडयुक्त घोषणा गरिएको छ । लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत वडा कार्यालयको सहयोग तथा सामाजिक जागरणका लागि नारी अभियानको पहलमा आइतबार विद्यालयलाई सेनेटरी प्याडयुक्त घोषणा गरिएको हो । वडाका मावि तहका विद्यालयलाई ५० थान सेनेटरी प्याड, हेन्ड वास, टाबेल हस्तान्तरण गर्दै वडाध्यक्ष खगराज आचार्यले सम्पूर्ण विद्यालयमा निशुल्क सेनेटरी प्याड व्यवस्थापन गर्ने प्रतिबद्धता गरे । उनले संवेदनशील विषयमा कसैको ध्यान नपुगेको भन्दै यो विषयलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं