विश्व

आनन्द र पुष्प लेभल टु प्रशिक्षक हुन सफल

ट्राईथलनका प्रशिक्षक द्वय आनन्द लेप्चा र पुष्परत्न बज्राचार्य लेभल टु प्रशिक्षक प्रशिक्षण कोर्षमा उत्तीर्ण हुन सफल भएका छन् । गत कार्तिक महिनाको १५ देखि १९ गते सम्म मित्र राष्ट्र दक्षिण कोरियाको इन्चोन सहरमा अन्तराष्ट्रिय ट्राईयाथलन महासंघले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कोर्षमा सहभागि भएका प्रशिक्षक द्वय लेप्चा र बज्राचार्यले उक्त परिक्षा सफलतापूर्वक सम्पन्न गरि प्रमाण पत्र प्राप्त गर्न सफल भएको नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले जनाएका छन् । यस… पुरा पढौ

पहिलो पटक बडिबिल्डिङ च्याम्पियनसिप नेपालमा

अन्तर्राष्ट्रिय बडिबिल्डिङका हस्ती सम्मिलित ‘प्रोफेसनल लिग बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ हुने भएको छ । नेपालमा पहिलो पटक उक्त च्याम्पियनसिप फागुन ३ र ४ गते हुन लागेको हो । च्याम्यिनसिपमा २० भन्दा बढी राष्ट्रका खेलाडीको सहभागिता रहने शुक्रबार पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष सानु गुरुङले जानकारी दिए । एक करोड ८८ लाख ४२ हजार खर्च हुने सो च्याम्पियनसिपमा करीब २ सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाले जनाएको छ । यस्तै अमेरिकामा आइएफबिबी प्रोफेसनल… पुरा पढौ

 गृहयुद्धबीच यमनमा शान्तिको खोजी

४ वर्षदेखि जारी गृहयुद्ध अन्त्य गर्ने उपायको खोजी गर्न यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता बिहीबार स्वीडेनमा सुरु हुँदै छ । संयुक्त राष्ट्रसंघको अगुवाइमा भइरहेको यो शान्तिवार्ता सन् २०१६ यता पहिलोपटक हुन लागेको हो । त्यसबखत १ सय दिनभन्दा बढी चलेको वार्ताले युद्ध अन्त्य गर्न असफल भएको थियो । यमनमा साउदी अरेबिया समर्थित सरकार र इरान समर्थित हुथी बिद्रोहीबीच सशस्त्र संघर्ष जारी छ । उक्त युद्धका क्रममा १० हजारभन्दा बढीको… पुरा पढौ

न्यू क्यालेडोनियानजिकै ठूलो भूईचालो

न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ । सो भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीले जानकारी दिएका छन् । प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द ्रअनुसार न्यू क्यालेडोनिया र भानुआटुका केही तटीय इलाकामा एक देखितीन मिटरसम्मका अग्ला छाल आउने अनुमान गरिएको छ । फिजीमा समेत तीन मिटरसम्मको सामुद्रिक छाल आउन सक्ने अनुमान गरिएको छ । सुनामी चेतावनी केन्द्रले हवाईमा भने सुनामीको सूचना जारी गरेको… पुरा पढौ

पेटले थिचेर प्रेमीको हत्या ! पुलिसकै होस उड्यो

दुनियाँमा मान्छेको हत्या गर्नका लागि घाँटी थिचिएको, हतियार प्रयोग गरिएको, विष खुवाइएकोजस्ता घटना त सुनिएकै हो । तर, एकजना महिलाले आफ्नो पेट प्रयोग गरी मानिसको हत्या गरेकी छन् । अमेरिकाको पेन्सिल्भेनियामा एक महिलाले आफ्नै पेटले थिचेर प्रेमीको हत्या गरेकी हुन् ।४४ वर्षीया विन्डी थोमसले आफ्नो पेटले थिचेर प्रेमी किनो बटलरको हत्या गरेको कुरा प्रहरीसमक्ष स्वीकारेकी छन् ।उनको त्यो बयान सुन्दा पुलिस पनि झसङ्ग भएका थिए । आखिर उनले कसरी र… पुरा पढौ

कतारले ओपेक सदस्यता त्याग्ने

 एएएफपी दोहा खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकको सङ्गठन (ओपेक)को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ । कतारका ऊर्जा मन्त्री साद अल–काबीले अब कतारले ग्यास उत्पादनमा केन्द्रित गर्ने घोषणा गरे । काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा भने, “कतारले जनवरी २०१९ देखि लागू हुनेगरी ओपेकको सदस्यता त्याग्ने निर्णय गरेको छ ।” उनले कतारले तेल उत्पादनलाई निरन्तरता दिने भएपनि ग्यास उत्पादनमा आफूलाई केन्द्रित गर्ने जानकारी दिए । कतार विश्वमै तरल… पुरा पढौ

व्यापार युद्धबाट पछि हटे अमेरिका र चीन

संयुक्त राज्य अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीच करवृद्धिका कारण उत्पन्न गतिरोधले पछिल्लो समय व्यापार युद्धको खतरा बढाएको थियो । २ राष्ट्रपतिबीच हाल एकअर्का मुलुकका सामानमाथि लागि आएका करमा कुनै परिवर्तन गर्ने वा नगर्ने भन्ने बारेमा सहमति भने हुन सकेन । दुई नेताबीच अढाई घण्टाभन्दा बढी चलेको… पुरा पढौ

राष्ट्रपतिमा ७३ जना उम्मेदवार

इजेरियामा नयाँ राष्ट्रपतिका लागि ७३ जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन् ।निर्वाचन आयोगले शुक्रबार दिएको जानकारीअनुसार आउदो फेब्रुअरी महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि ७३ जना उम्मेदवारको नामावली प्रकाशित भएको हो । स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महमुद याकुबुले राष्ट्रपति पदका लागि ७३ ओटा पार्टीले उम्मेदवारी दर्ता गरेको जानकारी दिए । नाइजेरियामा अहिले मुहम्मद बुहारी राष्ट्रपति छन् । “त्यसैगरी राष्ट्रिय संसद्का लागि १ हजार ८ सय ४८ जना उम्मेदवार छन्,” उनले… पुरा पढौ

नेपालका आरब र पाकिस्तानका हासिस् भिड्दै

नेपालका शिर्ष वरियता प्राप्त आरब हाडा र पाकिस्तानको दोश्रो वरियतामा रहेका हासिस् कुमार पोखरामा जारी ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट २ को उपाधीका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत बिहिबार भएको सेमिफाइनल खेलमा आरबले नेपालकै इभ्याक जोशिलाई ६–१, ६–१ मा तथा हासिस्ले नेपालका अकि जुवेन रावतलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन् । महिला डबल्सतर्फको… पुरा पढौ

नासाको अन्तरिक्ष यान मङ्गल ग्रहमा

अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको छ । उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो तस्वीर पठाएको नासाले जनाएको छ । मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी स्वरुपमा बने भन्ने थाहा पाउनु हो । २०३० को दशकमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं