राष्ट्रपतिमा ७३ जना उम्मेदवार

इजेरियामा नयाँ राष्ट्रपतिका लागि ७३ जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन् ।निर्वाचन आयोगले शुक्रबार दिएको जानकारीअनुसार आउदो फेब्रुअरी महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि ७३ जना उम्मेदवारको नामावली प्रकाशित भएको हो ।

स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महमुद याकुबुले राष्ट्रपति पदका लागि ७३ ओटा पार्टीले उम्मेदवारी दर्ता गरेको जानकारी दिए । नाइजेरियामा अहिले मुहम्मद बुहारी राष्ट्रपति छन् । “त्यसैगरी राष्ट्रिय संसद्का लागि १ हजार ८ सय ४८ जना उम्मेदवार छन्,” उनले भने ।

आयोगका अध्यक्ष याकुबले निर्वाचन स्वतन्त्र, निश्पक्ष र विश्वसनीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै सहयोगका लागि आह्वान पनि गरेका छन् ।