दुनियाँमा मान्छेको हत्या गर्नका लागि घाँटी थिचिएको, हतियार प्रयोग गरिएको, विष खुवाइएकोजस्ता घटना त सुनिएकै हो । तर, एकजना महिलाले आफ्नो पेट प्रयोग गरी मानिसको हत्या गरेकी छन् ।
अमेरिकाको पेन्सिल्भेनियामा एक महिलाले आफ्नै पेटले थिचेर प्रेमीको हत्या गरेकी हुन् ।४४ वर्षीया विन्डी थोमसले आफ्नो पेटले थिचेर प्रेमी किनो बटलरको हत्या गरेको कुरा प्रहरीसमक्ष स्वीकारेकी छन् ।उनको त्यो बयान सुन्दा पुलिस पनि झसङ्ग भएका थिए । आखिर उनले कसरी र किन यस्तो गरिन् ? पुलिस अधिकारीका अनुसार पेटले थिचेर मान्छेको हत्या भएको यो सायद पहिलो घटना हुनसक्छ ।
वास्तवमा पेटले थिचेर प्रेमीको हत्या गर्ने ती महिलाको जिउको वजन १ सय ३३ किलो थियो । त्यसैले उनले आफ्नो भारी भरकम पेटले ब्वायफ्रेण्डको गला थिचिदिइन् । जसका कारण बटलरले स्वास फेर्न पाएनन् र उनको मृत्यु भयो ।
डिसेम्बर ३ मा अदालतमा भएको सुनुवाइका क्रममा बोल्दै आरोपी महिलाले भुलबस यस्तो हुन गएको भन्दै आफ्नो बचाउ गरेकी थिइन् । आफू रक्सीको नशामा रहेको र अचानक प्रेमीमाथि बस्दा थिचिएर ज्यान गएको जिकिर उनको छ ।