भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्यप्रदेशको मुख्यमन्त्रीको सपथ गर्ने भएका छन् । डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्य मन्त्री नियुक्त भएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’ मा सपथग्रहण गर्ने समाचारमा जनाइएको छ ।
मध्य प्रदेशको काँग्रेस समिति (एमसीसी)का अध्यक्षसमेत रहेका कमलनाथलाई मुख्यमन्त्री बनाउने निर्णय बिहीबार अबेर राति घोषणा भएको थियो । हालै मात्र सो राज्यमा सम्पन्न विधान सभाको निर्वाचनमा काँग्रेस पाटीको विजयपछि कमलनाथलाई मुख्य मन्त्रीमा प्रस्ताव गरिएको हो । मध्य प्रदेशमा उपमुख्यमन्त्री भने रहने छैनन ।
यसअघि भारतीय जनता पार्टी (बिजेपी) का नेता शिवराज सिंह चौहान तीन पटकसम्म लगाताार सो राज्यको मुख्यमन्त्री थिए । ७२ वर्षका कोमलनाथ काँग्रेस पार्टीका तर्फबाट मध्य प्रदेशमा नौ पटकसम्म सांसद भएका थिए ।
यसअघि पनि उनले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको मन्त्रिमण्डलमा दुई पटकसम्म उद्योग र यातायत मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
मध्य प्रदेशमा हालै भएको निर्वाचनमा काँग्रेसले १ सय १४ सिटमा विजय प्राप्त गरेको छ । बहुमत प्राप्त गर्नका लागि काँग्रेसको दुई सिट मात्र कम छ ।