भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिकमतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ ।
कङ्ग्रेस छत्तिसगढमा पनिभाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउनेदेखिएको छ ।
त्यस्तै तेलङ्गनामा क्षेत्रीय दल तेलङ्गना राष्ट्र समिति(टिआरएस)ले नेतृत्व गरेको छ भने मोजिराममा मिजो नेशनल फ्रन्टले प्रारम्भिकमतगणनामा निर्वाचनमा नेतृत्व गरिरहेका छन् ।
भारतमा वर्तमान निर्वाचनमा राहुल गान्धीको नेतृत्वलाई कति सफलवा असफल भनी मापन गर्ने कडीका रूपमा लिइएको छ भने प्रारम्भिक मतगणनाबाट कङ्ग्रेसकोअवस्था मजबुत नै देखिएको छ ।
यद्यपि निर्वाचनको एकदमै प्रारम्भिक नतिजा आइरहेकालेयसैलाई मानक मानिहाल्न मिल्ने अवस्था भने छैन ।
यसैगरी प्रारम्भिक मतगणनामा देखिएको झुकावप्रति प्रतिक्रियादिँदै भाजपा नेता तथा गृहमन्त्री राजनाथ सिंले निर्वाचन राज्य सरकारका गतिविधिलाईहेरेर आउने भएको र यसलाई नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारसँग तुलना गर्ने रमोदी सरकारको सफलता र असफलतासँग दाँज्न मिल्दैन ।
प्रारम्भिक मत गणना अनुसार राजस्थानमा कङ्ग्रेसको ९७ सीटमा, भाजपाको ७५ स्थानमा र १२ स्थानमा स्वतन्त्रउम्मेदवारले अग्रता लिएका छन् । यो प्रदेशमा कङ्ग्रेसको विकल्प भाजपा र भाजपाकोविकल्प कङ्ग्रेस दिने गरेको इतिहास छ ।
यसैगरी परिणामले २३० सीट भएको राजस्थानको छिमेकी मध्यप्रदेशमासुरुभएको २२४ सीटको मत गणनाले कङ्ग्रेसलाई ११२ सीट र भाजपालाई १०३ सीटमा अघिदेखाएको छ ।
दक्षिणी राज्य तेलङ्गनामा क्षेत्रीय दल टिआरएसले ९० सीटमाअग्रता पाएको छ, कङ्ग्रेसले १६ सीटमा नेतृत्व गरेको छभने टिडिपीले दुई र भाजपाले एक सीटमा नेतृत्व गरेको देखिएको छ ।
अर्को एक सानो राज्य मोजिराममा मिजो नेशनल फ्रन्टले २० सीट, कङ्ग्रेसले पाँच र भाजपाले एक स्थानमा अग्रतालिएको देखाइएको छ ।