
इन्डोनेसियाको जाभा प्रान्तको पश्चिमी भेगमा पर्ने सुका बुमी जिल्लामा आएको बाढी पहिरोमा परी ४१ जना बेपत्ता भएका छन् ।
सिनारेस्मी गाउँका ३४ वटा घर पूर्णरुपमा पुरिएको प्रकोप व्यवस्थापन निकायका अधिकारीले मंगलबार बताएका छन् ।
उद्धारकर्ताले बेपत्ता भएकाको खोजीकार्य जारी राखेको जनाइएको छ । “बाढी र पहिरो गएको क्षेत्रमा उद्धारकर्ताले लगातार खोजी गरिरहेका छन्,” एक अधिकारीले भने । उद्धारका क्रममा पहिरो हटाउने र पुरिएकालाई खोज्नेकार्य भइरहेको उनीहरुको भनाइ छ ।