कश्मिरको पुलवामा ४६ जना सेनाको ज्यान जाने गरी भएको आत्मघाती घटनापछि भारतीयहरु पाकिस्तानप्रति निकै आक्रोसित बनेका छन् । भारतीय जनताहरु मोदी सरकारले पाकिस्तानसंग युद्धको निर्णय लिई बदला लिनु पर्ने आवाज उठाईरहेका छन् । तर भारतलाई पाकिस्तानसंग युद्ध नै लड्न भने सहज छैन । पाकिस्तानलाई बारम्बार धम्की दिईरहे पनि भारतले आवेग र आक्रोसमा युद्धका लागि भने निर्णय लिएको भने छैन तर कश्मिर सुरक्षालाई लिएर जैस ए मोहम्मदको गतिविधीलाई कसरी सिध्याउने भन्ने बिषयमा सरकारी अधिकारी र सेनाका अधिकारीबीच निरन्तर वार्ता चलिरहेको छ ।
यसबीचमा चर्चित योग गुरु रामदेवले भारतले पाकिस्तानसंग युद्ध नै गर्नु पर्ने बताएका छन् । उनले पुलवा घटनापछि भारतसंग पाकिस्तानबिरुद्ध लड्नुको कुनै विकल्प नभएको बताएका हुन् । एक भिडियासंग कुराकानी गर्दे लातको भुत बातले नमान्ने भन्दै भने “पाकिस्तानसंग कुरा गर्दा गर्दे ७० बर्ष बित्यो अहिलेसम्म कति शहिद भए । अझै कति शहिद चाहियो ? वार्ताको पनि कुनै औचित्य छैन “। पाकिस्तानसंग क्रुद्ध तरिकाले होईन बुद्ध तरिकाले युद्ध गर्नु पर्ने उनको भनाई छ ।
उनले भने “बिना क्रान्ति कुनै पनि देशमा शान्ती स्थापना भएको छैन । युद्ध बिना कोही शुद्ध नभएको भन्दै उनले भने “पाकिस्तानसंग युद्ध गर्नु नै पर्छ तर क्रुद्ध भएर होईन शुद्ध र बुद्ध भएर । बिना युद्ध र क्रान्ती पाकिस्तानलाई सबक पाठ सिकाउनै नसकिने भन्दै रामदेव भन्छन् “भनिन्छ नी लातको भुत बातले मान्दैन । पाकिस्तानी जनतासंग हाम्रो कुनै दुश्मनी छैन तर सत्तासिन व्यक्तिहरुलाई वार र प्रहारबिना सम्झाउनै सकिदैनन् ।





