विश्वविद्यालयसम्मै निःशुल्क शिक्षा

सिक्किमका मुख्यमन्त्री पवन चामलिङले विश्वविद्यालयको स्तरसम्मै सिक्किमे विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान दिने घोषणा गरेका छन्। केही दिनअघि

नाम्चीमा आयोजित कार्यक्रममा उनले विश्वविद्यालय स्तरसम्मको निःशुल्क शिक्षा व्यवस्था सिक्किममा लागू भएपछि यो व्यवस्थालाई अङ्गीकरण गर्ने सिक्किम विश्वमै पहिलो राज्य हुनेछ। अहिले पनि सिक्किममा स्नातक तहसम्मका सबै शिक्षा निःशुल्क छ ।

भारतमा शिक्षाका लागि २० प्रतिशत बजेट खर्च गर्ने राज्य सिक्किम मात्र हो । सिक्किमका धनी गरीब सबै वर्गका विद्यार्थीले समान शिक्षा प्राप्त गरून् भन्ने सोच राखेर विश्वविद्यालय तहसम्मको शिक्षालाई निःशुल्क गरिने योजना बनाएको चामलिङको भनाइ छ।