अष्ट्रियन नागरिक फ्रेडिटको अत्याधुनिक कार

अष्ट्रियन नागरिक फ्रेडिट सोवादा आफ्नो ६ पाङग्रे अत्याधुनिक कार चलाउदै शनिवार मुस्ताङको जोमसोम टुरिस्ट चेकपोष्टमा भेटिए । विश्व कारयात्रा गर्ने क्रममा उनी मुस्ताङ आईपुगेको उनले भेटमा बताए ।


उनी केहि वर्षअघि देखि त्यही ६ पाङ्ग्रे अष्ट्रियन कार चलाउदै विश्व भ्रमण गर्ने रफ्तारमा रहेछन् ।अनौठो प्रकारको अत्याधुनिक बसको मोडल जस्तो कार ।त्यही चलाउदै मुस्ताङ आएका उनी नेपाल आएको दुईसाता भएको बताउछन् ।उनको विश्वयात्रा एक्लै गर्ने गरेको र आफ्नो संम्पूर्ण रेकर्ड जिपिएसको सहयोगमा उपलब्ध हुने बताउछन् ।

उनले चलाउने कार पहेलो रङको छ ।कारभित्रै संञ्चार सेट ,सौर्य उर्जा,किचन कोठा,एटेजबाथ समेतको आवश्यक पुरै सेट जडान गरिएको छ ।कार भित्र जडान गरिएका प्रविधिको सहयोगमा फ्रेडिटले फोन मार्फत जुनसुकै देशमा सजिलै कुराकानी गर्न सक्छन् ,भने ईन्टनेट लगायतका सुविधा गाडी भित्रै छ ।

आफुलाई चाहिने सम्पूर्ण बन्दोबस्तीका सामान सहित नेपाल आएका उनी जुन स्थानमा बास बस्छन् ,उनको आवास कारमै हुन्छ ।उनी कारमै खाना र खाजा पकाउछन् अनि त्यसपछि कारमा जोडिएको धारामा पखाल्छन् ।लाग्छ उनको विश्व यात्राको ठुलो सारथि कारनै सबथोक हो ।


निकै फुर्तिला र अग्लाकदका अन्दाजी ४२ वर्षका जस्ता देखिने फ्रेडिटले जोमसोमको टुरिस्ट चेकपोष्टमा ईन्ट्री गराए । ‘उपल्लो मुस्ताङ जान अहिले कस्तो छ।जान सकिएला र ?’ उनले सोधे, हामीले उत्तर दियौं,अहँ सकिदैन सर ,माथि ठुलो हिउँनै हिउँ छ ।’ त्यसपछि फेरी उनले दोहो¥याएर सोधे मुक्तिनाथ जानलाई कस्तो छ बाटो ?’ हामीले भन्यौं, मुक्तिनाथ पुग्न सकिन्छ ।’उनले हामीलाई थ्याङक्यू भने ।


त्यसपछि उनी मुक्तिनाथ तर्फ हानिए ।उनको कार चलाउदै विश्वयात्रा अजिव लाग्थ्यो ।उनको कार अत्याधुनिक र जस्तो सुकै जोखिम सडकमा पनि सहज यात्रा गर्नै नमूना कार लाग्थ्यो ।