पर्यटक चढेको बस दुर्घटना हुँदा , २८ को मृत्यु,२८ जना घाईते


पोर्चुगलमा बस दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन्। पर्यटक चढेको उक्त बस मडिरा टापुमा दुर्घटनामा परेको पोर्चुगलका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मृत्यु हुनेमध्ये १७ जना महिला र ११ जना पुरुष छन्। जर्मन पर्यटकहरू सवार बस सडकबाट तल खसेको थियो। बसमा ५५ जना यात्रु सवार रहेको बताईएको छ ।

स्थानीय समय अनुसार साँझ साढे छ बजे एउटा चोकमा चालकले नियन्त्रण गुमाउँदा बस सडकबाट तल खसेको थियो।

यता बस दुर्घटनामा २८ जना जर्मन नागरिकको मृत्यु भएपछि पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले दुख ब्यक्त गरेको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।