जर्जियाका प्रधानमन्त्री ममुकाद्वारा राजीनामा

जर्जियामा राजनीतिक संकट गहिरिएको छ । यसैक्रममा प्रधानमन्त्री ममुका बाख्ताजले सोमबार राजीनामाको घोषणा गरेका छन् ।

संसद्ले सरकार ढलाउने निश्चित देखेपछि उनले राजीनामाको घोषणा गरेको समाचारमा उल्लेख गरिएको छ । 

विकासको प्रारुप बनाइरहेकै बेला आफूले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको उनले बताएका छन्। 

राजीनामा घोषणा गर्ने निर्णयमा पुगेपछि उनले फेसबुकमा लेख्नु भएको छ, ‘मेरो मिसन यस पटक पूरा गर्न सकिन ।’